निगमको ‘अन्नपूर्ण’ले आज व्यावसायिक उडान गर्दै

94
Shares

काठमाडौ,नेस
नेपाल वायुसेवा निगमको वाइडबडी विमान एयरबस ए ३३०–२०० सिरिजको ९ एन–एएलवाई कलसाइनको ‘अन्नपूर्ण’ विमानले बुधबारबाट उडान शुरु गर्दै छ ।

निगमको नयाँ विमानले नियमित उडान गरिरहेको कतारको दोहामा पहिलो व्यावसायिक उडान भर्न लागेको निगमले जनाएको छ ।

निगमले सो जहाज असार १५ गते फ्रान्सको टुलुजबाट ल्याएको थियो । विमानले नेपाल नागरिक उड्डयन प्राधिकरण यसै सातामात्र उडान अनुमति प्राप्त गरेको थियो ।

निगमले व्यावसायिक योजना अनुरुपनै अब १ अगष्ट २०१८ देखि निगमले पहिलोपल्ट खरिद गरिएको वाइड बडी विमानको पहिलो व्यावसायिक उडान दोहा उडान गर्न लागेको निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले बताउनुभयो ।

एक जना विदेशी पाइलटसहित नेपाली पाइलट श्रवण रिजालको नेतृत्वमा रहेको १३ चालक दलका सदस्य रहेको टोलीले दोहा उडान गर्नेछ। यस अघि निगमको नयाँ विमानले भारतको इन्दिरा गान्धी विमानस्थलमा परीक्षण उडान पाइटल रिजालकै नेतृत्वले उडान गरेको थियो । विमानले लगातार ११ घण्टासम्म उडान गर्न सक्न छ । काठमाडौं–दोहा उडान अवधि करिब ५ घण्टा रहेको छ ।

१८ विजनेस क्लाससहित २ सय ५६ सिट २७४ सिट क्षमता रहेको छ। विमान केही समयपछि हालकै निगमको नियमित गन्तव्यमा उडान भदैै जाने योजना रहको छ भने साउदी अरवको रियादमा चाँडै उडान भर्ने योजना रहको निगमका सहप्रवक्ता शैलेश कंसाकारले बताउनुभयो ।