महाकाली गाउँपस्ने खतरा, स्थानीय त्रसित


हरकसिंह धामी, कञ्चनपुर ।
एक साता देखि सुदुर पश्चिमका पहाडि जिल्लामा परेको अविरल वर्षाका कारण महाकाली नदीमा आएको वाढिले कञ्चनपुरमा पर्ने तटवन्ध विहिवार देखि महाकाली नदिले कटान गरी भत्काउन शुरु गरेको छ । तटवन्ध कटान समयमै रोकिएन भने नदिको पानी गाउँ तिर पस्ने खतरा देखिएकाले स्थानिय जनता त्रसित बनेका छन ।

महाकाली नदीमा पानीको वहाव बढ्दै गएपछि भीमदत्त नगरपालिका–११ भुजेलामा पर्ने करिव ७० मिटर तटवन्ध भत्काएको हो । भुजेलाका स्थानीयले महाकाली नदीको सतह बढेपनि प्रशासन र स्थानिय निकायबाट खासै पहल नभएको भन्दै आफुहरु त्रसित भएको स्थानियहरmको भनाई रहेको छ । भुजेलाकी कैशा देवि पन्तले रातिको २÷३ बजे पनि नदिले कति कटान गरेको छ भनेर हेन् जानु गरेको र विद्यालयमा ओत लिएर चिउरा र चाउचाउको भरमा दिन काटनु परी रहेको बताउनुभयो ।

भीमदत्त नगरपालिका–११ का बिरेन्द्र कुमार थापा ठेकेदारकै लार्पबाहीका कारण समस्या निम्तिएको बताए । यस्तै अवस्था रहे महाकाली गाउँपस्ने खतरा रहेको उनले बताए । उनका अनुसार महाकाली गाउँपसे भीमदत्त नगर पालिकाका (११, १२ र १३ गरी तीन वडा उच्च जोखिममा रहनेछन् । भीमदत्त नगरपालिका–११ भुजेलाका स्थानीयले ठेकेदारको लार्पबाहीका कारण तटबन्ध भत्कीएको आरोप लगाएका छन, कमसल खालको निर्माण समाग्री प्रयोग गरेर तटबन्ध निर्माण हुदा भत्किएको हो ।

आफुहरु विगत ५÷६ दिन देखि तटवन्धकै किनारमै त्रसित भएर वस्न वाध्य भएको वताएका छन । तटबन्ध भत्किन शुरु गरेपछि जनताको तटबन्ध कार्यालय कञ्चनपुरले ठेकेदारलाई काममा खटाएको छ । अहिले तटकबन्ध निर्माणको जिम्मा पाएको के एस कन्सष्ट्रक्सनले जाली भरान गरिरहेको छ । जनताको तटबन्ध कार्यालय कञ्चनपुरले महाकाली नदी नियन्त्रणका लागि चालु आर्थिक बर्ष २०७४÷०७५ का लागि ५६ करोडका तीन ठेक्का दिएको थियो ।

तीनै ठेक्कामा निर्माण कम्पनीले भुक्तानीको विषयलाई लिएर सम्झौता अनुसार काम सम्पन्न गरेका थिएनन् । अहिले तटकबन्ध निर्माणको जिम्मा पाएको के एस कष्ट्रक्सनले जाली भरान गरिरहेको छ । जनताको तटबन्ध कार्यालय कञ्चनपुरले महाकाली नदी नियन्त्रणका लागि चालु आर्थिक बर्ष २०७४÷०७५ का लागि ५६ करोडका तीन ठेक्का दिएको थियो । तीनै ठेक्कामा निर्माण कम्पनीले भुक्तानीको विषयलाई लिएर सम्झौता अनुसार काम सम्पन्न गरेका थिएनन् ।

तीनै ठेक्काको गत बैशाखमै सम्झौता सकिएपनि निर्माण कम्पनीले भुक्तानी नपाएका कारण काम रोकिएको थियो । जनताको तटबन्ध कार्यालय कञ्चनपुरका अनुसार भीमदत्त नगरपालिका ११ र १२ मा केएस कन्सष्ट्रक्सनले १३ करोडमा १७९ मिटर तटबन्धको निर्माण गर्ने, कुमार श्रेष्ठ राजेन्द्र जेभीले महाकाली नगरपालिका २ र ४ मा २६ करोडमा २.५० किलोमिटर र नार्गाजुन रसुवा जेभीले भीमदत्त नगरपालिका १३ मा १७ करोडमा १२.५० किलोमिटर तटबन्ध निर्माण सम्झौता गरेका थिए ।

महाकाली नदीले तटबन्ध भत्काउने क्षेत्रमा ७ नम्बर प्रदेशका सांसद बीर बहादुर सुनार र लाल बहादुर खडकाले अनुगमन गरेका छन् । स्थलगत अनुगमन गर्दै सासदद्वरा सुनार र खडकाले तटबन्ध भत्किन लागेको भन्दै तत्तकाल रोक्न सम्बन्धीत निकायलाई निर्देशन दिएका छन् । जनताको तटबन्ध कार्यालय कञ्चनपुरका ईन्जिनियर महादेव विष्टले भत्किएको क्षेत्रमा निर्माण कम्पनीलाई काम गर्न निर्देशन दिएको बताएका छन ।