बलात्कार कुख्यात मनोदशा


दधिराम खतिवडा, काठमाडौँ ।
अहिले मुलुकभर गम्भिर र दर्दनाक सामाजिक समस्याका रूपमा रहेको बलात्कार, हत्या, यौन शोषण र महिला हिंसा सहितका श्रृङखलाबद्द घटनाहरू निरन्तर बढिरहेका छन ।
आधुनिक प्रबिधि संगै गुगल र सामाजिक सन्जालमा भेटिने बग्रेल्ती पोर्न भिडियोहरू र अबैधानिक सामाग्री उपयोगले बिभिन्न प्रकारका यौनजन्य आपराधिक घटनाहरू ब्यापक बन्दै ग्एको छ । यसको मुख्य निशानामा कम उमेरका बालिका तथा महिला पर्ने गरेका छन ।
नेपाल प्रहरीको तथ्यांक अनुसार २०७४ साउनदेखि २०७५ असार मसान्तसम्म एक वर्षमा १ हजार ४ सय ८० महिला बलात्कृत भएका छन् । बलात्कृत महिलामाथि समाजले हेर्ने गलत दृष्टिकोणका कारण अधिकांश बलात्कारका घटना सार्वजनिक हुन नसक्नु अर्को पीडादायी पक्ष हो ।

बिशेषत स् यौनिक हिंसाका मुद्दा स्थानीय राजनीतिक दबाब र प्रलोभनमा प्रहरीले निबेदन दर्ता गर्न नमान्ने, पीडितलाइ थप पीडा दिने, पीडकलाइ सामाजिक बहिस्कार गर्नुपर्नेमा थप सुरक्षा दिने र समाजमै केस मिलाउने कुप्रबृतिले आपराधिक कार्यमा संलग्न ब्यक्तिको मनोबल उच्च हुदै गयो ।
हाम्रो समाजले बलात्कारीलाई होइन बलात्कृतलाई मानसिक तनाब दिन्छन तिमी बलात्कृत किन भयौं भनेर । परिवार र समाज बलात्कारीलाई दण्डित गर्न होइन, उम्काउन कोसिस गर्छन् । पद र पहुँचमा भएका व्यक्तिहरू अपराधी छुटाउने तिर लाग्छन् । यस कारण बलात्कार जस्तो जघन्य अपराधले प्रश्रय समाजमा पाउदै गयो ।

बालिका तथा सबै उमेर समूहका महिलाहरूको आत्मसम्मान र अस्मितामा माथि प्रहार गरिने यौनजन्य हिंसा र आपराधिक गतिबिधिमा संलग्न अभियुक्तहरूलाइ पक्राउ गरी कडाइका साथ जाचबुझ र नितिगत कार्बाहि गर्न नेपाल प्रहरी सक्रिय हुनुका साथै हिंसाको न्युनिकरणका लागि चेतनामुलक कार्यक्रमहरू समाजका सम्पुर्ण पक्षहरूले सन्चालमा जोड दिनुपर्दछ ।
अधिकांश जिल्लामा नेपाल प्रहरीको महिला सेल नहुदा पनि लैंगिक तथा यौनिक हिंसाबाट पिडित महिलाहरूले सहज न्याय पाउन सकेका छैनन् । हिंसाबाट पीडित महिलाको मनोबल कमजोर हुने, फ्रस्टेसन हुने भएकाले महिला प्रहरीबाट समन्वय गर्न सहज हुन्छ । त्यसकारण प्रहरीको महिला सेलको उपस्थिति प्रभाबकारी हुन जरूरी छ ।
बलात्कार विरुद्ध भएका निति, एन, कानुन कडाईका साथ कार्यान्वयन हुन नसक्नु नै बलात्कार बढ्नुको प्रमुख कारण हो । हिंसा अन्त्य गर्ने सम्बन्धित सबै पक्षहरूको सामूहिक आवाज नउठेसम्म कुनै पनि उमेर, समुदाय र क्षेत्रका महिला र बालिका सुरक्षित हुन सक्दैनन् ।

कानुनत संविधानले निर्दिष्ट गरेको लैंगिक हिंसाबाट सुरक्षित भई सम्मानपूर्वक बाँच्न पाउने महिला तथा बालिकाको मौलिक हकको प्रभावकारी उपभोग गर्न सक्ने अवस्था सृजना गर्नका लागि समाजमा विकराल बन्दै गएको लैंगिक तथा यौनिक हिंसाको श्रृंखला अन्त्य हुनैदर्दछ । पिडितले उचित न्याय पाउनै पर्दछ भने पीडकलाइ सामाजिक रूपमा बहिस्कार गर्नै पदर्छ ।