काठमाडौँ । प्रहरीले काठमाडौंबाट प्रेस लेखिएको मोटरसाइकलमा लागूऔषध ओसारपसार र बेचबिखन गर्ने दुई कारोबारीलाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त जनसेवाले सोमबार प्रेस लेखेको ज ७ प १४०४ नम्बरको मोटरसाइकलसहित जनकपुरका राजकुमार चौधरी र उनीसँग लागूऔषध किन्न आएका मोहम्मद शाहिदलाई पक्राउ गरेको छ ।
वृत्तका अनुसार पक्राउ परेका चौघरीले भारतीय सीमाबाट लागूऔषध काठमाडौं ल्याउने र यहाँ विक्री वितरण गर्दै आएका थिए । उनले काठमाडौंमा लागूऔषध विक्री गर्दा शंका नहोस् भनेर मोटरसाइकलमा प्रेस लेखेको अनुसन्धानबाट खुलेको छ ।
उनका साथबाट ३५ थान लागूऔषध कोडिन फस्फेट र नगद समेत बरामद भएको प्रहरीले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया