रियल स्कुल अफको पोखरा अडिसन सम्पन्न

0
Shares

काठमाडौं, (नेस)
रियल स्कुल अफ नेपाल,२०१८ अन्तर्गत आठौं क्षेत्रीय फाइनल पश्चिमाञ्चलको पोखरा अडिसन सम्पन्न भएको छ । यस प्रतियोगिताबाट विजयी विद्यालय सैनिक अवासीय महाविद्यालय घोषित भएको छ ।

विजयी विद्यालयका सहभागी विद्यार्थीहरू देवयानी गुरुङ, रोज मेरी ढुंगाना, सागर मगर ठकुरी, आकाशचन्द्र गौतम, केशव शाही र कुशल थापा मगर हुन् ।

विजयी विद्यार्थीले काठमाडौंमा सम्पन्न हुने रियल स्कुल अफ नेपाल, २०१८ को अन्तिम चरणको प्रतियोगितामा अन्य विजयी विद्यालयका विद्यार्थीसँग प्रतिस्पर्धा गर्नेछन् ।