आजबाट देशैभरिका यातायात कार्यालयमा लाइसेन्स आवेदन खुल्यो

0
Shares

काठमाडौं । गत जेठदेखि रोकिएको सवारी चालक अनुमति पत्रको लागि आवेदन लिने कार्य आजैबाट खुलेको यातायात व्यवस्था विभागले जनाएको छ । विभागले आज एक सूचना जारी गर्दै लाइसेन्सका लागि आवेदन खुल्ला गरिएको जनाएको हो ।

विभागका अनुसार आजैदेखि दशैभरिका यातायात कार्यालयहरुमा सवारी चालक अनुमति पत्रको लागि अनलाइन आवेदन भर्ने कार्य खुल्ला गरिएको छ ।

यातायात व्यवस्था विभागले फेल भएकाहरुलाई रि ट्रायलको मौका दिनको लागि गत २१ जेठमा विभागले सूचना जारी देशैभरि सवारी चालक अनुमति पत्रको लागि आवेदन दिने प्रक्रिया रोकिएको जनाएको थियो ।

विभागका अनुसार काठमाडौं उपत्यकाका, सानो भ¥याङ, चाबहिल, एकान्तकुना, पूर्वको मेची, कोशी, नारायणीको बीरगन्ज, जनकपुर, लुम्बिनी, गण्डकीको पोखरा, धौलागिरी, राप्ती, सेती र महाकाली सवारी चालक अनुमति पत्र दिने व्यवस्था गरिएको छ ।