पहिरोले घर पुर्दा २५० कुखुरा मरे

0
Shares

विनोद सिंह विष्ट, बैतडी ।

रातीदेखि लगातार परेको पानीका बैतडीको जनजीवन प्रभावित भएको छ । लगातारको बर्षाले एक घर पुरिएको छ भने एउटा पोल्ट्री फर्म पुरिदा २५० कुखुरा मरेका छन् ।

सुर्नया गाँउपालिका वडा न.२ ग्वानी स्थित अनिता पोल्ट्री फर्ममा रहेका सहित कुखुरा मर्दा २ लाख ६२ हजार बराबरको क्षती भएको प्रहरीचौकी सतबाँजका इन्चार्ज टेक बहादुर खड्काले बताउनुभयो । कुखुरा मर्नुका साथै ३ कोठे घर समेत पहिरोले पुरेको छ ।

सुर्नया ४ स्थित चौडमा पहिरोले एक घर पुरेको छ । पहिरोले स्थानिय प्रताप भाटको घर पुर्दा घरभित्र रहेका सबै दैनिक उपभोग्य सरसामानहरु पुरीएको प्रकाश भाटले बताउनुभयो ।

पहिरोले घर पुरे पनि मानबिय क्षति भने केहि नभएको उहाँले बताउनुभयो ।

यस्तै पुर्चौडी नगरपालिका वडा न. २ का बिभिन्न ठाँउमा पहिरो जादाँ समस्या भएको छ । वडा न. २ को खर्क, ल्याटी तथा सेला भन्ने ठाउँमा पहिरो जादाँ स्थानिय लाई आवतजावत गर्न समस्या भैरहेको स्थानिय उत्तर कुमार भट्टले बताउनुभयो ।

यसअघि पहिरोकै कारण गएरातीदेखि अवरुद्ध भएको महाकाली राजमार्ग आज मध्यान्हदेखि सुचारु भएको थियो ।