नेपाल समाचारपत्र, काठमाडौं ।
सरकार र डा. केसी पक्षको वार्ता निष्कर्षविहिन बनेको छ । नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङको पहलमा औपचारिक वार्तामा दुईदिनपछि पनि सहमति जुट्न नसकेको हो ।
बुधबार पनि नेम्वाङको पहलमा केदारभक्त माथेमालगायतले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेका थिए । तर, सत्तारुढ नेकपाका नेताहरुले सहमतिनजिक भने पनि सरकार र डा. गोविन्द केसीबीचको वार्ता मुख्य मुद्दामा प्रवेश नै नभएको पाइएको हो ।
मंगलबार साँझ भएको वार्तामा डा. केसीका अन्य मागहरुमा दुबै पक्ष सहमति नजिक पुगेका समाचारहरु प्रकाशित भएका थिए ।











प्रतिक्रिया