पत्रकार दाहालको बियोगान्त तिज गित ‘चेलीको मर्म’ सार्वजनिक


नेपाल समाचारपत्र, रुकुम ।

“कहाँ छेउ मेरी सानु, तिजमा पनि देख्न पाइन कहाँ छेउ मेरी सानु, तिम्रो माया अजम्बरी मैले कसलाई भनुँ” यस्तै शब्द रहेको चेलीको मर्म तिज गित सार्वजनिक भएको छ । नेपाली हिन्दु महिलाहरुको महान पर्व हरितालिका तिजमा प्राय महिलाहरुको बेदना समेटेर बनाइएका गितहरु आजभोली कमै मात्रामा सुनिन्छन् । तर चेलीको मर्म तिज गितमा स्थानीय मौलिक भाकालाई बढावा दिइएको छ । रुकुममा रहेर एक दशक देखी पत्रकारिता गर्दै आउनु भएका पत्रकार धनवीर दाहालको तिज कोशेली चेलीको मर्म सार्वजनिक भएको हो ।

नेपाली हिन्दु महिलाहरुको महान चाड तिज नजिकिंदै गर्दा वर्षदिनमा चेलीले भोग्नु परेको दुःख, पिडा र मर्मलाई समेटेर चेलीको मर्म नामक तिज गीत सार्वजनिक भएको हो । प्रेमपूर्ण भावले भरिएको यस तिज गीतमा प्रेमी प्रेमीकाको अजम्बरी सम्बन्धलाई जोडेर चेलीको वियोगान्त मर्मलाई उठाउन खोजिएको छ ।

परिस्थितिले मान्छेलाई टाढा बनाएको अवस्थामा जहाँ गएपनि, जसलाई भेटेपनि दुःखै दुख भोग्नुपरेको बाध्यताको मर्मस्पर्शी कथालाई गीतमा समेटिएको छ । चेलीको मर्म नामक गीतको लय शब्द पत्रकार धनवीर दाहालले गर्नुभएको छ ।

यो गीतमा चर्चित गायिका शान्तिश्री परियार र गायक स्वर रहेको छ । विक्रम चौहानको निर्देशनमा तयार पारिएको उक्त गीतमा बिमल अधिकारी र टिका जैसीको अभिनय रहेको छ । मायाको राजधानी, हामी सबै नेपाली, सिंगारु तथा नयाँ नेपाल लगाएतका चर्चित गित लेखन समेत गरिसक्नुभएका पत्रकार एवं सर्जक दाहालले यस पटकको तिज गितले नेपाली चेलीहरुको मर्म समेटेको बताउनुभयो ।

तिज गितको नाममा भइरहेका केही अभद्र प्रबृत्तिको अन्त्यका लागी र लोकसंस्कृतिको संरक्षणको लागी यस्ता शब्दहरु कोरिरहने उहाँले बताउनुभयो ।

यस्तै गायक अमितबाबु रोकायले आफुले गायका गितहरुमा आफैलाई मन परेको गित बनेको बताउनुभयो । स्थानीय स्तरको मौलिकतालाई गितले समेटेको गायक रोकायले दावी गर्नुभयो । गायिका शान्तिश्री परियारले सुरु सुरुमा आफुलाई यो गित गाउन साह्रै अप्ठेरो भएको र बिस्तारै गितको भाव बुझेपछि गाएको प्रतिक्रिया दिनुभयो ।

गायिका परियारले यो गितले साँच्चीकै नेपालीपन झल्काएको दावी गर्नुभयो । उहाँले हाम्रो गाँउघरमा गाइने भाकाको झल्को दिएको समेत बताउनुभयो । गायिका शान्तिश्रीले गाएको बोलमाया गितलाई पनि यो गितका शब्दमा समेटिएको छ ।

प्रेम वियोगान्त तिज कोशेली २०७५ चेलीको मर्म नामक गीतमा यस्तो भनिएको छ ……………..। केटीः हे छैनन् मर्म बुझ्ने मै चेलीको यो संसारमा छैनन् मर्म बुझ्ने जता गएपनि बरै आँशुले मुख रुझ्ने आँशुले मुख रुझ्ने जता गएपनि बरै केटाः कहाँ छौ मेरी सानु तिजमा पनि देख्न पाईन कहाँ छौ मेरी सानु तिम्रो मायाँ अजम्बरी मैले कसलाई भनौं तिम्रो मायाँ अजम्बरी ।

भिडियो हेर्न तलको लिंक खोल्नुहोस