डा. केसीको पक्षमा मानव लहर उर्लेपछि सरकार पछि हट्यो, हेलिकप्टर काठमाडौं फर्कँदै

0
Shares

काठमाडौं । अनसनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउने कार्यमा अवरोध भएपछि सरकारी टोली काठमाडौं फर्कन लागेको खबर प्राप्त भएको छ । डा केसीको माग पुरा नगरी अपहरण गरेर अनसन तुहाउन लागेको भन्दै जुम्लाका स्थानीयले सरकारी टोलीलाई अस्पताल परिसरमा प्रवेश गर्न नदिएपछि टोली हेलिकप्टर लिएर काठमाडौं फर्कन लागेको बुझिएको छ ।

सरकारले आज बिहान डा केसीको जीवनरक्षाका लागि भन्दै हेलिकोप्टर र सरकारी टोली जुम्ला पठाएको थियो। जुम्ला पुगेका टोलीलाई जुम्लाका स्थानीय, अस्पतालका कर्मचारी, विद्यार्थीहरु लगायतले अवरोध गरेका हुन्।