सरकारले अपहरण गरेर काठमाडौं लैजान लागेको डा. केसीकाे प्रतिकृया

0
Shares

काठमाडाैं ।  जुम्लामा अनसनरत डा गोविन्द केसीले सरकारले आफ्नो माग पुरा नगरी अपहरण गरेर काठमाडौं लैजान लागेको बताएका छन्।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को बुधबार बसेको बैठकले डा केसीलाई काठमाडौं ल्याउने निर्णय गरेपछि उनले जुम्लाबाट अडियो सन्देश पठाउँदै सरकार माग पुरा गर्नेतर्फ नलागी अनसन तुहाउने तर्फ लागेको आरोप लगाएका हुन्।

‘सरकार माग पुरा गर्नेतर्फ नलागेर उल्टै मलाई अपहरण गरेर काठमाडौं लौजान खोज्दै छ।,’ उनले भने, ‘यो अनसन तुहाउने खेल हो, सरकारलाई मेरो स्वास्थ्यको चिन्ता भएको भए माग पुरा गनेतर्फ पो लाग्थ्यो त। माग पुरा भए म अनसन तोडिहाल्छु नि।’

उनले जुम्लामा आफ्नो उपचार भइरहेको पनि बताए। डा केसीले माग पुरा नभएसम्म जुम्लामा नै अनसन जारी राख्ने स्पष्ट पारेका छन्।

‘म यहाँबाट कहीँ जान्न। चन्दननाथ बाबाको काखमा मेरो सत्याग्रह जारी रहन्छ।’, उनले भने, ‘सरकारले मेरो नागरिक अधिकार खोस्न पाउँदैन र गुन्डागर्दी गर्न पाउँदैन।’ उनले आफूले नागरिकको स्वास्थ्यका लागि लडिरहेको पनि बताए।

जुम्लामा सरकारले हेलिकोप्टर पठायो

जुम्लामा २० दिनदेखि अनसनरत डा गोविन्द केसीलाई काठमाडौं ल्याउन सरकारले हेलिकोप्टर पठाएको छ। शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै सो जानकारी दिएका हुन्।

डा केसीलाई लिन डा गुणराज लोहनीलाई त्यसतर्फ पठाइएको पनि उनले बताए। शिक्षमन्त्री पोखरेलका अनुसार डा केसीलाई काठमाडौं ल्याएपछि सुरुवा त्रिवी शिक्षण अस्पतालमा राखिने छ।