नेपाल समाचारपत्र, पोखरा ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार गण्डकी प्रदेशको संसद बैठकमा सम्बोधन गर्ने भएका छन् । पोखरा विश्वविद्यालयको सिनेटर बैठक र संसदमा पनि सम्बोधन गर्ने गरी प्रधानमन्त्री पोखरा आउन लागेको जनाइएको छ ।
तर, प्रधानमन्त्रीले संबोधन गर्ने पदेशसभा बैठक भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने अवरोध गर्नुका साथै विरोध पनि गर्ने बताएको छ ।
ओली सरकारको देशैभरी विरोध भैरहँदा गण्डकी प्रदेशको प्रदेशसभामा सम्बोधन गर्न कांग्रेसले कदापी अदिने अडान राखेको हो । प्रदेशसभा सचिवालयले प्रधानमन्त्रीको सम्बोधनबारे निम्तो पठाइसकेको छ ।











प्रतिक्रिया