सेती नदीमा एक युवक वेपत्ता

0
Shares

विमल विष्ट, डोटी ।
डोटीको सायल गाउँपालिका १ छपाली घर भएका एक युवक सेती नदीमा बगेर बेपत्ता भएका छन् ।

बझाङ्गको देउराबाट घर र्फकने क्रममा स्थानीय अन्दाजी ३१ बर्षीय भक्तवहादुर थापा सेती नदिमा बगेर बेपत्ता भएको डोटी प्रहरीले जनाएको छ ।

थापाको खोजी कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । साँगुरो बाटो पानीका कारण चिप्लो भएर उनी चिप्लीएर सेती नदीमा खसेको खवर आएको स्थानीय धनवहादुर नेपालीले बताउनु भयो ।

वेपत्ता युवकको खोजीका लागि प्रहरी ईकाई र छिमेकी जिल्लाहरुमा समेत खवर गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक लालवहादुर धामीले जानकारी दिनु भयो ।