पाल्पामा बस दुर्घटना

0
Shares

पाल्पा । बुटवलबाट पोखराका लागि छुटेको लु १ ख ७२७२ नम्वर बस पाल्पाको तानसेन नगरपालिका ८ मा दुर्घटना भएको छ ।

विपरित दिसाबाट आएको बसलाई साइड दिने क्रममा बस दुर्घटना भएको हो । दुर्घटनामा ३० जना घाइते भएका छन् । घाइतेको लुम्विनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । बस अनियन्त्रित भई भाले खोलमा खसेको प्रहरीले जनाएको छ ।