काठमाडौँ, (नेस)
११ दिनदेखि जुम्लामा अनसनरत प्रा.डा.गोविन्द केसीको स्वास्थ्य अवस्था झन् झन् खस्कदैँ गएको छ ।
डा.केसीको छातीको बीच भागमा दुखाई बढेको, कमजोरी भएको, चक्कर, वाकवाकी लाग्ने, पेट दुख्ने, मांशपेशी बाउँडिने, पिसाबमा किटोन बढी ५ प्लस, सेतो रक्तकोशिका क्रमिक रुपमा घट्दै गएको, रगतमा चीनीको मात्रा घट्दै गएको, रगतमा म्याग्नेसियमको मात्रा घट्दै गएको र मुटुको चाल तल माथी भइरहेको उपचारमा संलग्न डा.प्रवीणकुमार गिरी, डा. धिरज गुरुङ र डा. सिद्धार्थ खातीले मंगलबार जारी गर्नुभएको रिपोर्टमा उल्लेख छ ।
आज बुधबार बिहान उहाँको शरिरको सम्पूर्ण अवस्थाको परिक्षण गर्ने उल्लेख गरिएको छ । नेपाल चिकित्सक संघका अध्यक्ष डा मुक्तिराम श्रेष्ठले मंगलबार केसीको स्वास्थ्यसम्बन्धी माग तत्काल सम्बोधन नभए इमर्जेन्सी बाहेकका सबै सेवा बन्द गराउन आफूहरु बाध्य हुने चेतावनी दिनुभएको छ ।
संघले ३ दिनदेखि हातमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गर्दै आएको छ । अध्यक्ष श्रेष्ठले डा केसीको मागलाई राजनीतिक आवरणबाट हेर्न नहुने धारणा राख्नुभयो ।
प्रा.डा.केदार भक्त माथेमा आयोगको मर्मअनुरुप नै चिकित्सा शिक्षा बिधेयक पारित हुनुपर्ने केसीको अडान छ ।











प्रतिक्रिया