काठमाडौ । नेपाल कम्युनिष्ट पार्टीको बिशेष सचिवालय बैठक कार्र्य दलले पेश गरेको अन्तिम मस्यौदा बारे केहीबेर छलफल गरी टुंगिएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा भएको बिशेष सचिवालय बैठक शिर्ष नेताहरुको कार्यव्यस्ताले निर्णयमा नपुगी बेलुका ५ बजे पुन बस्ने गरी टुंगिएको हो ।
नेकपाको ९ सदस्यीय बिेशेष सचिवालयमा अध्यक्षद्वय के.पी ओली र पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र भलनाथ खनाल, महासचिव विष्णु पौडेल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, बामदेव गौतम , ईश्वर पोखरेल र रामबहादुर थापा बादल हुनुहुन्छ । पार्टीको विधान तथा नियमावली परिमार्जन लगायतका बिषयमा छलफल गर्न सचिवालय बैठकमा डाकेको हो ।
विधान तथा वियमावली परिमार्जनको लागि अन्तिम मस्यौदा तयार पार्न नेकपाले केही दिनअघि महासचिव विष्णु पौडेल, बामदेव गौतम र रामबहादुर थापा बादल सम्मेलित कार्यदल बनाएको थियो । कार्यदलले सचिवालयमा मस्यौदा पेश गरेको छ ।
कार्य दलले तयार पारेको मस्यौदालाई सचिवालयले आवश्यक थप घट गरेपछि त्यसलाई स्थायी समितिले स्वीकृत गर्नेछ ।











प्रतिक्रिया