नेकपाको सचिवालय बैठक शुरु, नेताबीच आरोप प्रत्यारोप

0
Shares

काठमाडौ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ । बैठकमा सरकारको काम कार्वाहीको समिक्षा, आगामी दिनमा अबलम्बन गर्नुपर्ने योजना र सवै तहमा पार्टी एकताको टुंगोलगाउने बिषयमाथि छलफल शुरु भएको बताइएको छ ।

बैठकले पार्टीको बिधान र नियमावली फाइनल गरी छपाइमा पठाउने छ । आजको बैठकले बामदेव गौतम, रामबहादुर थापा र महासचिव बिष्णु पौडेल रहेको कार्यदलले अन्तिम रुप दिएको बिधान र नियमावलीलाई सुझावसहित पारित गर्ने पहिलो कार्यसूची छ । सो कार्यसूचीपछि सरकारको कामको समिक्षा र बिपक्षी आक्रमणबिरुद्ध अलम्बन गर्नुपर्ने नीतिबारे छलफल हुनेछ ।

बैठकमा सरकारको काम, मन्त्रीहरुको काम र सल्लाहकार तथा सचिवालयमा रहेका ब्यक्तिको बारेमा समेत खुलेर छलफल शसर भएको एक नेताले जानकारी दिए ।