वर्षायामसँगै कालीगण्डकीमा स्टिमर सेवा अवरुद्ध

0
Shares

नेपाल समाचारपत्र, पर्वत
कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना निर्माणको क्रममा बनेको जलाशयमा सञ्चालित जल यातायात (स्टिमर सेवा) वर्षायामसँगै अवरुद्ध भएको छ । नदीमा पानीको बहाब बढेपछि दुर्घटना बढ्ने खतराले असारको पहिलो सातादेखिनै सो सेवा अवरुद्ध भएको हो । यातायात सेवा अवरुद्ध भएपछि पर्वत, स्याङ्जा र गुल्मी जिल्लाका ग्रामीण क्षेत्रका बासिन्दा यातायातको सुविधाबाट बञ्चित बनेका छन् ।

विगत १८ वर्ष देखि व्यावसायिक रुपमा स्टिमर सञ्चालन भएपछि दर्जनौ साविकका गाविसका बासिन्दाले ९ महिनासम्म यातायातको प्रत्यक्ष सुविधा उपभोग गर्दै आए पनि वर्षातको समयमा भने ३ महिना अवरुद्ध हुने गरेको छ । दक्षिण पर्वतको विहादी गाउ“पालिका वडा नम्बर ६ साविकको शालिग्राम गाविसदेखि स्याङ्जाको मिर्मिसम्म करिब ८ किलोमिटरको दूरीमा जलयात्रा सञ्चालनमा आएपछि पर्वतका दक्षिणबर्ती झण्डै डेढ दर्जन साविकका गाविसबासी त्यस्तै गुल्मी र स्याङजाका गरी २५ भन्दा बढि गाविसबासीलाई सहज रुपमा यात्रा गर्ने तथा मालसामान ओसारपसार गर्दै आएका थिए ।

यातयातको पहु“च नभएको तीनवटै जिल्लाका त्यस क्षेत्रका लागि स्टिमर सेवा बरदान साबित भए पनि वर्षायाममा भने सास्ती खेप्नु परेको स्थानीयको गुनासो रहेको छ । पानीको सतह घटेपछि मात्र संचालनमा आउने व्यवसायी हरिप्रसाद भट्टराईले जानकारी दिनुभयो । ‘असोजको दोस्रो सातापछि पानीको सतह कम हुने भएकाले त्यसपछि मात्र सञ्चालन गर्छौ अन्यथा जोखिम बढ्ने भएकाले बन्द गरेका हौं’ –उहाँको भनाइ छ ।

यातायात अवरुद्ध हु“दा दैनिक आधा घण्टामा सकिने यात्रा चार घण्टाको पैदल यात्रा हिडेर स्याङ्जाको मिर्मिसम्म पुग्न बाध्य भएका छन् । हिउ“दको समयमा सस्तो शुल्कमा मालसामान ढुवानी गर्न पाएका व्यवसायीहरु खच्चरमार्फत मह“गो शुल्कमा सामान ढुवानी गर्न बाध्य बनेको गुनासो गरेका छन् । यहा“को एक मात्र भरपर्दो यातयात सेवाको रुपमा सञ्चालित स्टिमरले उक्त क्षेत्रका बािसन्दाहरुको आर्थिक अवस्थामा समेत सुधार भएको छ ।

 

पहिले कालीगण्डकीमा ताल बन्दा बजार डुबानमा पर्ने चिन्ता गर्नेहरुका लागि अहिले त्यही जलाशय बरदान जस्तै बनेको स्थानीय व्यावसायी विष्णु न्यौपानेले बताउनुभयो । जलाशयमा दैनिक रुपमा सञ्चालित ११ वटा स्टिमर अहिले ठप्प बनेका छन् । पछिल्लो समय स्थानीय बोटे समुदायलाई आयआर्जनका लागि कालीगण्डकी ‘ए’जलविद्युत आयोजनाले पनि दुईवटा स्टिमर उपलव्ध गराएको छ । स्टिमरमा २५ जनाले प्रत्यक्ष रुपमा र दर्जनौ व्यक्तिले अप्रत्यक्ष रुपमा रोजगारीको अवसर समेत पाएका छन् ।

हिउ“दको समयमा सहज रुपमा यातायात सेवा पाए पनि वर्षायामका तीन महिना भने सास्ती नै खेप्नुपर्ने अवस्था आएको न्यौपानेले बताउनुभयो । स्टीमर सुचारु हु“दा प्रतिकिलो ५० पैसामा ढुवानी गर्दै आएका व्यवसायी खच्चरवाट प्रतिकिलो ४ रुपिया“मा सामान ढुवानी गर्न बाध्य भएका छन् ।

कालीगण्डकी जल यातायात समितिका सचिव हरीप्रसाद भट्टराईका अनुसार पहिले डुंगा र साना स्टिमर भए पनि अहिले मालबहाक ट्रकको इन्जिन र जीपका इन्जिन राखेर सञ्चालन गरि“दै आएको छ । यसले मालबहाक ट्रककै जस्तै बहान क्षमता राख्दछ ।

२०५७ सालदेखि सञ्चालनमा आएको सो सेवाबाट यात्रा तथा सामान ढुवानी गर्न निकै सहज भएको भट्टराईले बताउनुभयो । स्टिमरबाट दैनिक एक हजार भन्दा बढीले ओहोरदोहोर गर्ने गरेको विहादी गाउ“पालिका– ६ शालिग्रामका वडा अध्यक्ष टेकबहादुर थापाले बताउनुभयो । उहा“ले भन्नुभयो–‘कालीगण्डकी जल यातायात समितिमार्फत दैनिक १० वटा स्टिमर चलाएर सर्वसाधारणलाई सेवा पु¥याएका छौ ।’

एउटा स्टिमरमा एक सयदेखि १ सय ५० जनासम्म यात्रु एकैपटक ओहोरदोहोर गर्न मिल्छ । सेतीबेणीबाट जलयात्रा शुरु गरी मिर्मिमा पुगेर बस मार्फत यस क्षेत्रका बासिन्दा गन्तब्यमा पुग्दै आएका छन् ।