डलरको मूल्य उच्च हुँदा व्यापारघाटा बढ्यो

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
नेपाली बजारमा अमेरिकी डलरको मूल्यवृद्धि हुँदा देशको व्यापारघाटा बढाए पनि वैदेशिक रोजगारीमा रहेकालाई भने फाइदा पुग्ने भएको छ ।

डलरको भाउ बढ्दा वैदेशिक रोजगारीबाट गएकालाई घरमा रकम पठाउ“दा बढी प्राप्त हुने गरेको छ । डलर महँगो हुँदा ठूलो मात्रामा विदेशबाट आउने विप्रेषणको आप्रवाह बढ्ने ठानिएको छ । तर, आयातमा निर्भर रहेको मुलुकको अर्थतन्त्र भने डामाडोल पार्ने विज्ञहरूको भनाइ छ । विशेषगरी डलरमा भुक्तानी गर्ने सम्झौताहरूका कारण मुलुकको अर्थतन्त्र नै खल्बलिन सक्ने उनीहरू भनाइ छ ।

नेपाली रुपिया“को तुलनामा अमेरिकी डलरको भाउ हालसम्मकै उच्च भएस“गै त्यसले नेपालको व्यापारघाटा थप चुलिने र कुल गार्हस्थ उत्पादनको आकारमा समेत प्रभाव पर्न सक्ने देखिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा एक डलर खरिद गर्न नेपाली मुद्रा ११० रुपिया“ खर्च गर्नुपर्ने अवस्था आएको छ । भारतीय रुपियाँको भाउ डलरको तुलनामा घटेस“गै भारतसँग स्थिर विनिमय दर रहेको नेपाली रुपियाँ अवमूल्यन हुन पुगेकोे हो । निर्माणीन जलविद्युत् आयोजनाका ठेकेदारको भुक्तानी तथा विदेशबाट समान आयातमा गम्भीर असार पर्ने देखिएको छ ।

त्यसले प्राधिकरणको आर्थिक अवस्थालाई कमजोर बनाउने निश्चितप्राय देखिएको छ । यस्तै विद्युत् प्राधिकरणका सहायक कम्पनीले निर्माण गरिरहेको माथिल्लो तामाकोशी जस्ता आयोजनाका ठेकेदारलाई गर्नुपर्ने भुक्तानीमा समेत समस्या पर्ने देखिएको छ ।

समय र लागत बढ्दै जा“दा माथिल्लो तामाकोशीमा हाल दैनिक एक करोड बराबरको घाटा भइरहेको छ । डलरको भाउ बढ्ने वित्तिकै सो आयोजनाको ठेकेदारलाई दिनुपर्ने भुक्तानीमा समेत समस्या पर्ने देखिएको छ । यस्तै अरु विकास निर्माणका काम गरिरहेका ठेकेदार तथा निर्माण व्यवसायीलाई दिनुपर्ने भुक्तानीमा समेत समस्या पर्ने देखिएको छ ।

विदेशबाट समान आयात गर्दा समेत डलरमा नै भुक्तानी गर्नुपर्ने भएकाले लागत समेत बढी पर्ने भएकाले मुलुकको भुक्तानी सन्तुलनमा समेत समस्या खडा हुने भएको छ ।
डलरको भाउ बढ्दै गए नेपालीको दैनिक उपभोग्य वस्तुदेखि लिएर देशको अर्थतन्त्रमै असर पर्ने देखिएको छ ।

नेपालको निर्यातको अवथा एकदमै कमजोर रहेको छ । आयातको मात्रा बढी भएका कारणले पनि डलरको भाऊ बढ्ने बित्तिकै सबैभन्दा बढी समस्या बजारमा देखिन थाल्छ । यस्तै पेट्रोलियम पदार्थको आयातमा समेत समस्या थपिनेछ ।

आयातित सामान खरिद गर्दा डलरमै तिर्ने हो। डलरको भाउ बढेपछि व्यापार घाटा बढाउन सक्ने देखिएको छ ।

व्यापार घाटा बढ्दै गयो भने यसले हाम्रो कुल गार्हस्थ उत्पादनको आकारमा पनि प्रभाव पार्नसक्ने अवस्था देखिएको छ ।

चालू आर्थिक वर्ष व्यापार घाटा १० खर्बभन्दा बढी भइसकेको छ । आयातित वस्तुको भाउ बढेपछि आयातित वस्तुको भाऊ बढ्ने र आन्तरिक बजारमा समेत त्यसले नकारात्मक प्रभाव पर्ने निश्चितप्राय देखिएको छ । डलर महँगो हुँदा विदेशमा अध्ययनका लागि गएका नेपाली विद्यार्थीले तिर्ने शुल्कमा समेत बढोत्तरी हुने निश्चित नै भएको छ ।

यस्तै वैदेशिक ऋण भुक्तानी गर्न भनी बजेटमा छुट्याइएको रकम अब बढ्नेछ । सरकारले यस वर्ष सा“वा र ब्याज दुवै गरी करिब २८ अर्ब वैदेशिक ऋण तिर्ने गरी व्यवस्था गरेको छ ।तर अर्थतन्त्रमा ठूलो योगदान दिइरहेको विप्रेषण आप्रवाह भने बढ्ने राष्ट्र बैंकले जनाएको छ ।

विदेशमा काम गर्ने नेपालीलाई लाभ भएपनि तेस्रो मुलुकबाट आयातमा पनि नकारात्मक प्रभाव पर्नेछ । तर आयातको तुलनामा निर्यात निकै कम हुने भएकाले नकारात्मक प्रभाव नै बढी हुने देखिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ । व्यउापार युद्धका कारण चीन, भारत, अमेरिका तथा समग्र यूरोपमा समेत समस्या खडा भएको छ । त्यसले नेपाली अर्थतन्त्रलाई थप नकारात्मक प्रभाव पार्न सक्ने देखिएको छ ।