पुँजी बजारले मौद्रिक नीति पर्खियो

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
अघिल्लो साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से)३६ दशलमव शून्य १ अंकले बढेस“गै त्यस साता नेप्से परिसूचकमा ३९ दशमलव ८८ अंकको वृद्धि भएको थियो ।

शेयर बजारका लागनीकर्ताले निरन्तर गुमाइरहेका बेला साताको अन्तिम कारोबारमा उच्च वृद्धि भएपछि लगानीकर्तालाई उत्साहित बनाएको थियो । धेरै समयपछि पुँजी बजारमा देखिएको हरियालीले लगानीकर्तालाई उत्साहित बनाएको थियो ।

तर, यस साताको पहिलो दिन आइतबार नेप्से परिसूचक उत्साहित हुनुपर्ने खालको नभए तथा निराश हुने अवस्था पनि देखिएन । यस दिन शून्य दशमलव २ अंकले परिसूचकमा गिरावट आएको छ ।

आर्थिक वर्षको अन्त्य, ब्याजदरमा आएको उतारचडावले शेयर बजारका लगानीकर्तालाई अचेटेको छ । यस वर्ष लगानीकर्ताले ३ खर्बभन्दा बढी पुँजी गुमाएका छन् भने नेप्से परिसूचक १२ सयभन्दा तलसम्म पुग्यो । अहिलेको केही सुधार हुने क्रममा देखिएको छ ।

यद्यपि, यसको स्थायित्व कति हुन्छ भन्ने विषयमा अहिले नै ढुक्क अवस्था छैन ।
परिसूचक १२ सयभन्दा कमको बिन्दूमा पुगेर फेरि उकालो लाग्ने अवस्थामा रहेको हु“दा आगामी दिनमा उच्च गिरावट नहुन सक्छ । १२ सयको टेवा पाएर अगाडि बढेको पु“जी बजारले अब मौद्रिक नीतिलाई पर्र्खिएको संकेत देखिन्छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्न ढिलाइ गर्दा त्यसको स्पष्ट प्रभाव पुँजी बजारमा परेको छ ।

अघिल्ला सातामा दैनिक २० करोडभन्दा कम कारोबार हुने शेयर बजारमा हिजोआज ४० करोडभन्दा बढीको कारोबार हुने गरेको छ । मौद्रिक नीतिमा पु“जी बजारलाई त्राण भर्ने विषय समेटिने अपेक्षा रहेको छ ।

शेयरको वेटेज, मार्जिन ल्यान्डिङमा पुरावलोकन हुने अपेक्षा यतिबेला पु“जी बजारमा रहेको छ त्यसैले त लगानीकर्ता अहिले ‘पर्ख र हेर’को अवस्थामा छन् । त्यसबाहेक वाणिज्य बैंकहरूलाई ब्रोकर लाइसेन्स दिने विषय पनि व्यापक उठिरहेको सन्दर्भमा त्यसको प्रभाव पु“जी बजारमा परेको छ । अर्कोतर्फ नेपाल धितोपत्र बोर्डले पु“जी बजारलाई नियमन गर्ने वार्षिक योजना र नीति ल्याउने तयारीमा रहेका कारण पनि बजारमा त्यसको प्रभाव पर्ने देखिन्छ ।

मौद्रिक नीतिमा पु“जीबजारलाई सम्बोधन गर्न दबाब दिन लगानीकर्ताहरू राजनीतिक लबिङमा समेत लागेका छन् ।

यसै सन्दर्भमा नया“ वर्ष लागेपछि पुँजी बजारमा तुलनात्मक रूपमा बढी सुरक्षित मानिएको वित्तीय क्षेत्रले पनि उच्च अंकले घटेको तथ्यांक छ ।

साढे २ महिनाको अवधिमा वाणिज्य बैंक समूहमा सय रुपिया“भन्दा बढी गुमाउने एभरेष्ट बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकको रहेका छन् । वर्षको शुरूदेखि गुमाउनेको सूचीमा २५ वटा बैंक रहेका छन् । बा“की २ वटा कम्पनीमा लक्ष्मी बैंंकको शेयर मूल्य सामान्य बढेको छ भने मेगा बैंक नेपालको धेरै समयपछि कारोबार शुरु भएको थियो ।

 

त्यस्तै विकास बैंकमध्ये कामना विकास बैंक र साइन रेसुंगा डेभलपमेन्ट बैंकको शेयर मूल्य बढेको छ भने अन्य सबै विकास बैंकको मूल्य घटेका छन् ।

बीमा समूहमा सय रुपिया“भन्दा बढीले शेयर मूल्य गुमाउनेमा ५ वटा कम्पनीहरु रहेको छन् । जसमध्ये सूर्या लाइफ इन्स्यारेन्सको शेयर २१० रुपियाँ, सिद्धार्थ इन्स्योरेन्सको १९२ रुपिया“, प्रभु इन्स्यारेन्सको १६५ रुपिया“, नेपाल लाइफ इन्स्योरेन्सको १५९ रुपिया“ र प्राइम लाइफ इन्स्योरेन्सको १ सय रुपिया“ले शेयर मूल्यमा गिरावट आएको छ । यस साढे २ महिनामा बीमा समूहमा ६ वटा कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ ।

उता माइक्रोफाइनान्स समूहमा १४ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने बा“की २२ वटा कम्पनीको शेयर मूल्य भने बढेका छन् । साढे २ महिनाको अवधिमा सय रुपिया“भन्दा माथि बढी मूल्यमा गिरावट आउने ३ वटा कम्पनी रहेका छन् । तीमध्ये मिर्मिरे माइक्रोफाइनान्स, आरएसडीसी लघुवित्तको र मिथिला लघुवित्त अग्रस्थानमा रहेका छ । फाइनान्स कम्पनीहरुमा १३ वटा कम्पनीहरुको शेयर मूल्य घटेका छन् भने हाथवे फाइनान्स र मल्ट्रीप्रपोज कम्पनीको शेयर मूल्य बढेका छन् ।