पुँजीगत खर्चको स्थिति निराशाजनक

0
Shares

नेपाल समाचारपत्र, लमजुङ
चालू आवमा जिल्लाको पुँजीगत बजेटको खर्चको स्थिति निरासाजनक रहेको छ । असार २४ गतेसम्म ६० प्रतिशत पनि खर्च हुन नसकेको स्थितिले त्यस्तो पुष्टि गरेको हो ।

चालू आवमा चालु खर्च ९५ प्रतिशत हुँदा पुँजीगत खर्च ५६ प्रतिशत हाराहारी मात्र हुन गएको कोष तथा लेखा नियन्त्रण कार्यालय लमजुङले जनाएको छ । लमजुङ जिल्लाका लागि चालू आवको लागि स्वीकृत चालूतर्फ ५ अर्ब ७ करोड १० लाख ७९ रुपियाँ रहेकोमा ४ अर्ब ८१ करोड १० लाख ६४ हजार ५८९ खर्च भएको जिल्ला कोष तथा लेखा नियन्त्रक किशोरकुमार श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार पुँजीगत खर्चतर्फ ९५ करोड ९६ लाख २४ हजार स्वीकृत भएकोमा ५३ करोड ५४ लाख ६१९ रुपिया“ खर्च हुने स्थिति छ । गत आर्थिक वर्षमा चालू पु“जीतर्फ ८८ प्रतिशत र पु“जीगत खर्चतर्फ ७८ प्रतिशत खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय लमजुङले जनाएको छ ।

यसैगरी राजस्व संकलततर्फ १७ करोड ६४ लाख ९५ हजार ९०१ रुपिया“ संकलन भएको छ । गत आवको कुल अवधिमा १७ करोड ८३ लाख ४८ हजार ४७६ रुपिया“ संकलन भएको कोष नियन्त्रक श्रेष्ठले बताउनुभयो । राजस्व संकलन कार्य जिल्ला भरको हुने र यस कार्यालयमा रेकर्ड मात्र रहने हुनाले त्यसको लक्ष्य निर्धारण नहुने प्रमुख कोष नियन्त्रक श्रेष्ठले जानकारी दिनुभयो ।

यसैबीच लमजुङको मस्र्याङ्दी गाउ“पालिकाले आर्थिक वर्ष २०७५र७६ का लागि करिब ३९ करोडको बजेट विनियोजन गरेको छ । सो बजेटलाई गाउँसभाले पारित गरेको छ ।
गाउ“ सभामा यसअघि स्वीकृत गरेको गाउँपालिकाको नीति तथा कार्यक्रम अनुरुप ३८ करोड ८१ लाख ७१ हजार ३३४ रुपियाँको बजेट ल्याएको गाउ“पालिकाका उपाध्यक्ष होमबहादुर विश्वकर्माले बताउनुभयो । उहाँका अनुसार आन्तरिक आयतर्फ ३६ लाख, सिनो हाइड्रो सगरमाथा पावर कम्पनीबाट प्राप्त २३ लाख ५५ हजार, अघिल्लो आव २०७४र७५ को नगद मौैज्दात ३ करोड उल्लेख छ ।

पुँजीगततर्फ १३ करोड ४१ लाख ९४ हजार ३३४ रुपियाँ विनियोजन गरिएको छ । सो बजेट अनुसार सरकारको वित्तीय समानीकरण अनुदान ७ करोड २४ लाख, प्रदेश सरकारको वित्तीय समानीकरण अनुदान एक करोड १० लाख ५० हजार, सरकारको राजस्व बा“डफा“डबाट ६ करोड ७७ लाख ४० हजार, प्रदेश सरकारको राजस्व बा“डफा“डबाट २८ लाख ९९ हजार ३३४ रुपिया“ रहेको छ ।

पु“जीगततर्फको सामुदायिक भवन तथा अन्य भवन निर्माणका लागि भवन निर्माण शीर्षकमा एक करोड ३० लाख ८८ हजार रुपिया“ विनियोजन गरिएको छ । ट्रयाक्टर खरिद, एम्बुलेन्स खरिद जस्ता सवारी साधन खरिदमा ४० लाख, स्काभेटर खरिदमा ५० लाख सहित मेसिनरी तथा औजारमा ६२ लाख रुपिया“ विनियोजन गरिएको उपाध्यक्ष विकको भनाइ छ ।

यसैगरी ससर्त अनुदान १५ करोड, सामाजिक सुरक्षातर्फ ४ करोड ६० लाख, गरिवसँग विशेश्वर कार्यक्रमतर्फ ४ लाख ५० हजार र एलजीसीडीपीतर्फ १६ लाख ७७ हजार रुपियाँ बजेट समावेश छ ।