पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साले स्रोत नखुलेको एक करोड रुपैयाँभन्दा बढी रकमसहित एक जनालाई पक्राउ गरेको छ ।
जिल्लाको वीरगञ्ज–१२, रानीघाटबाट राहुल केशरी पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय, पर्साका प्रमुख एसपी रेवती ढकालले उनीसहित अन्य केही व्यक्तिलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको पुष्टि गरे ।
बरामद गरिएको रकम हुण्डीको भएको प्रहरी आशंका छ ।
‘केशरीले आफ्नो संलग्नता स्वीकारिसकेका छन्’, एसपी ढकालले भने, ‘नियन्त्रणमा लिइएका अन्यको संलग्नता छ वा छैन भन्ने बारेमा सोधपुछ गरिरहेका छौं ।’











प्रतिक्रिया