पेट्रोलियम भण्डारण क्षमता बढाउन माग

0
Shares

नेपाल समाचारपत्र, बुटवल
नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका अध्यक्ष खगेश्वर बोहोराले नेपाल आयल निगमको मुलुकभर रहेका डिपोको भण्डारण क्षमता बढाउन माग गर्नु भएको छ ।

४० वर्ष पहिले बनाइएको नेपाल आयल निगमको डिपोको भण्डारण क्षमता नबढाउँदासम्म नया“ ट्यांकर थप्न पनि समस्या हुने भएको भन्दै भण्डारण क्षमता बढाएर थप नयाँ ट्यांकर ल्याउन निगम गम्भीर हुनुपर्नेमा अध्यक्ष बोहोराले जोड दिनुभयो ।

पश्चिमाञ्चल ट्यांकर व्यवसायी संघको शनिबार मणिग्राममा भएको १२औं वार्षिक साधारणसभामा बोल्दै अध्यक्ष बोहोराले सरकारले बिना गृहकार्य ल्याएको यातायात क्षेत्रको आलोपालो प्रणालीको अन्त्यले सरकार नै अलमलमा परेको बताउनुभयो ।

आउ“दो साउन १ गतेदेखि यातायातसँग सम्बन्धित संघ सस्थाहरुको नवीकरण नगर्ने भनी सरकारले गरेको घोषणाले मुलुकको यातायात क्षेत्रमा अन्योलता पैदा भएको उहा“ले बताउनुभयो ।

सरकारले गठन गरेको कार्यदलको निर्णय तत्काल सार्वजनिक गरी सोही कार्यदलको सुझावका आधारमा यातायात क्षेत्रलाई अगाडी सञ्चालन गर्ने व्यवस्था मिलाउन समेत उहा“ले माग गर्नुभयो । पेट्रोलियम पदार्थको ढुवानीमा लागू गरिएको लकिङ प्रणालीले अब चुहावट नियन्त्रणमा टेवा पुर्याउने बताउँदै उहा“ले लकिङ प्रणालीले गुणस्तर र क्वालिटिको समेत ग्यारेन्टी गर्ने धारणा राख्नुभयो ।

नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष लीलेन्द्र प्रधानले पेट्रोलियम व्यवसायीले पेट्रोलियम पदार्थ खुल्ला रुपमा बिक्री वितरण गर्न पाउनु पर्ने भन्दै चोरी पैठारी र अपचलन भएमा त्यसको नियन्त्रण गर्ने काम प्रशासनको भएको बताउनुभयो ।

उहाँले आपूर्ति व्यवस्था सहज र बिक्री वितरण सरल नहुँदासम्म पेट्रोलियम पदार्थको व्यवसाय गर्नेलाई नागरिक समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन आउन नसक्ने दाबी गर्नुभयो ।
नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका महासचिव विश्व अर्यालले लोकतन्त्रमा व्यवसायी संगठित हुन पाउने अधिकारलाई ध्यानमा राखी यातायात व्यवसायीका संघ संस्थालाई निर्वाध रुपमा सञ्चालनको व्यवस्था मिलाई दिन सरकारसँग माग गर्नुभयो ।

पश्चिमाञ्चल ट्यांकर व्यवसायी संघका वरिष्ठ सल्लाहकार चोपनारायण श्रेष्ठले सरकारले यातायात व्यवसायीको समस्या बुझ्न नसक्दा व्यवसायीलाई पेशा व्यवसायमा चुनौती आईपरेको बताउनुभयो । पश्चिमाञ्चल ट्यांकर व्यवसायी संघका अध्यक्ष राकेश कुमार कसौधन, पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसनका अध्यक्ष प्रेम न्यौपानेलगायतले धारणा राख्नुभएको थियो ।