रामायण र बुद्ध पदमार्गमा धार्मिक पर्यटन प्रवद्धन गरिने

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
नेपाल र भारतको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने लक्ष्यका साथ रामायण र बुद्ध पदमार्गमा धार्मिक पर्यटन प्रवद्र्धन गर्ने कार्यक्रम सञ्चालन हुने भएकोछ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार नेपाल र भारतका दुई देशको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने लक्ष्यका साथ दुई देशका उच्च पदाधिकारीबीच शुक्रबार बैठकमा भएको थियो ।

बैठकले १४ बु“दे सहमतिपत्रमा हस्ताक्षार समेटिएका विषयवस्तुमा छलफल भएपछि दुई देशबीच पर्यटन क्षेत्रमा सहयोग आदान प्रदान तथा संयुक्त पर्यटन प्रवद्र्धन गर्ने सहमति भएको छ ।

सहमति अनुसार सरकारको माग अनुरुप भारतीय पक्षले भारतका सरकारी कर्मचारीलाई उपलब्ध गराउने एलटीसीमा नेपालमा पर्यटकको रुपमा भ्रमण गर्ने भारतीय सरकारी कर्मचारीलाई समेत उपलब्ध भारतीय पक्षले सकारात्मक रुपमा लिं“दै सम्बन्धित मन्त्रालयबाट कार्य अघि बढाउने सहमति जनाएको छ ।

सहमतिमा भनिएको छ–‘पर्यटन क्षेत्रको विकासको लागि दुई देशबीच विभिन्न नाका जोड्ने सडक तथा पुलको निर्माण कार्यमा शीघ्रता ल्याउने, दुई देशका निजी क्षेत्रले संयुक्त रुपमा रामायण सर्किट, बुद्धिस्ट सर्किट र साहसिक पर्यटनको प्रवद्र्धन र बजारीकरण गर्ने निर्णय भएको भनिएको छ ।

यस्तै नेपालको धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवद्र्धनका लागि जनकपुरमा मिथिला म्युजियम स्थापना गर्न भारतीय पक्षले सहयोग गर्ने भएको छ । नेपाली पक्षको माग अनुरुप भारतीय हिमाल आरोहण गर्ने नेपाली नागरिकलाई सहजरूपमा आरोहण प्रमाणपत्र उपलब्ध गराउन तथा नेपालमा स्कीको विकासका लागि भारतीय पक्षले प्राविधिक सहायता उपलब्ध गराउने विषयमा पनि छलफल भएको छ ।

नेपालमा पर्यटन विश्वविद्यालय स्थापना गर्ने कार्य अघि बढिरहेको सन्दर्भमा दुई देशबीच गुणस्तरीय पर्यटन जनशक्ति विकासका लागि फइनान्सिलिटी एक्स्चेन्ज इन्टेन्सिप प्रोग्राम लगायत विभिन्न किसिमका सहयोग आदान प्रदान गर्ने निर्णय समेत बैठकले गरेको छ ।
दुई देशबीच पर्यटनको सम्भाव्यता, प्रवद्र्धन र बजारीकरणमा सहकार्यका विभिन्न कार्य अगाडि बढाउन दुवै देशका निजी क्षेत्रको सहभागितामा इन्डो नेपाल टुरिजम् फोरम शीघ्र गठन गरी आवश्यक कार्य अघि बढाउने निर्णय भएको छ ।

उक्त बैठकमा नेपाल पक्षले बुद्ध दर्शनस“ग सम्बन्धित प्रवद्र्धनात्मक द्वार सुनौलीको बेलहियास्थित नेपाल–भारत सिमानामा संयुक्त रुपमा निर्माण गर्ने प्रस्तावसमेत राखेको थियो ।

सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने तयारी गरिरहेको अवस्थामा नेपालको प्रमुख पर्यटन स्रोत बजारको रुपमा रहेको भारतस“ग भएको उक्त सहमतिले सरकारी तथा निजीस्तरमा पर्यटन प्रवद्र्धन गरी नेपालमा गुणस्तरीय भारतीय पर्यटकको आगमनमा उल्लेखनीय योगदान पु¥याउने अपेक्षा यस मन्त्रालयले गरेको छ ।

दुई देशबीच सन् २०१४ नोभेम्बर २५ मा पर्यटन क्षेत्रमा विविध सहयोग आदानप्रदान गर्ने एक समझदारीपत्रमा हस्ताक्षर भएको थियो । सोही समझदारीअनुसार दुई देशबीच गठित संयुक्त कार्यदलको बैठक यसअघि १९ फेब्रुअरी २०१५ मा भएको थियो ।