पाइपलाइनबाट आउने इन्धन भण्डारण गर्न ४ वटा ट्यांकी बनाइंदै

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
नेपाल–भारत पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत इन्धन भण्डारणका लागि ४ ठूला ट्यांकीको स्तरोन्ती भइरहेको छ । पाइपलाइनअन्तर्गत पूर्वाधार विकासको कामलाई तिव्रता दिइएको छ । मोतिहारीदेखि–अमलेखगञ्जसम्म पाइपलाइन विस्तार हुँदैछ ।

१६ हजार किलोलिटर इन्धन मौज्दातको लागि ४ ट्यांकीलाई स्तरोन्नती गरिँदै छ । ३९ सय किलोलिटरका २ र ४१ सय किलोलिटरका २ ट्यांकीलाई स्तरोन्नती गरिँदै छ । इन्धनको बढिरहेको मागलाई सम्बोधन गर्नको लागि नेपाल आयल निगमले ४ पूरा ठूला ट्यांकीलाई स्तरोन्नती गरेर मौज्दात राख्नको लागि उपयुक्त बनाइँदै छ ।

पुराना ४ पुराना ट्यांकीलाई निगमले आधुनिक प्रविधिको प्रयोग गरी स्तरोन्नती गर्दै छ । यसका अलवा साना–साना ट्यांकीसमेत निगमस“ग रहेको छन् ।

भौतिक पूर्वाधारको विकास पनि निगमले बनाउ“दै गएको छ । भारतबाट परियोजनाका लागि चाहिने निर्माणका सामग्री आयात भइसकेको रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन परियोजनाका मेकानिकल इन्जिनियर शरद पौडेलले बताउनुभयो ।

नेपाल–भारत पेट्रोलियम पाइपलाइन परियोजनाको परियोजना अन्तर्गत निगमले अम्लेखगन्जमा भएको डिपोमा रहेको पुराना ट्यांकीलाई स्तरोन्नती गरी प्रयोगमा ल्याउने योजना अनुरुप पहिलो फेजमा काम भइरहेको निगमको भनाइ रहेको छ । आगामी दिनमा भने भण्डारणको क्षमतालाई विस्तार गर्ने निगमको योजना रहेको छ ।

निगमले भण्डार र पाइपलाइनबाट आएको इन्धनलाई लोड अनलोडको व्यवस्था मिलाउनको लागि समेत काम गरिरहेको छ । हाल एकपटकमा १० ट्याङकरले एकैपटक इन्धन भर्न सक्छन् भने निर्माण सम्पन्नपछि २० ट्याङकरले इन्धन भर्न सक्ने निगमको भनाइ छ ।

अलेखगन्ज डिपोमा हाल १ सय ५० किलोलिटर इन्धनको माग रहँदै आएको छ । नेपाल–भारत पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत निगमले काम गरिरहेको छ । ट्यांकीको स्तरोन्नतीपछि अमलेखगन्जको भण्डारण क्षमता १६ हजार किलोलिटर हुने छ ।

नेपाल–भारत पेट्रोलियम पाइपलाइन परियोजनाको पाइप हालसम्म १४ किलोमिटर बिछ्याइएको छ। नेपाल आयल निगमले वैशाख महिनाबाट पाइप विछ्याउन शुरू गरेको थियो। निगमले बाराको जीतपुरबाट पाइप बिछ्याउने काम थालेको थियो। पहिलो चरणमा पाइपलाइनबाट डिजेल आयात गर्न लागिएको निगमले जनाएको छ।

मोतीहारी–रक्सौल पेट्रोलियम पाइपलाइन ३२ दशमलव ७८ किलोमिटर रहेको छ,भने रक्सौल–अम्लेखगन्ज भने ३६ दशमलव २८ किलोमिटर रहेको छ।

कुल २ अर्ब ७५ करोड भारतीय रुपियाँमा परियोजना निर्माण हुन लागेको हो। त्यसमध्ये भारतीय आयल निगम (आईओसीं) को २ अर्ब र नेपाल आयल निगम (एनओसी) को ७५ करोड भारतीय रुपियाँ खर्च हुनेछ। बरैनी नाकाबाट आयात हुँदै आएको पेट्रोलियम पदार्थ भने अब मोतिहारीमा नै आईओसीले डिपो निर्माणसँगै सोही स्थानबाट आयात गर्नेछ।

भारतबाट ल्याइएको करिब ११ मिटर लम्बाई रहेको १० दशमलव ७५ इन्च मोटाइको माइल स्टिल एमएस पाइपबाट प्रतिघण्टा २ सय ९४ किलोलिटर पेट्रोलियम पदार्थ आयात हुनेछ। रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन परियोजनाका मेकानिकल इन्जिनियर पौडेलका अनुसार हालसम्म ३७ किलोमिटरनै पाइप आएको र बाँकी अरू साना ठूला पाइप आउने क्रममा रहेको बताउनुभयो। अहिले पाइप बिच्छाउने मार्गमा पर्ने अवरोध हटाउने काम पनि जारी रहेको पौडेलले जानकारी दिनुभयो।

साथै सडमार्गमा रहेको अवरोध हटाउँदै पाइलाइन विस्तार गरि“दै छ । परियोजनामा अरू थप पाइप बिच्छाउनको लागि रेडियोग्रफी टेस्ट गरिँदै वेल्डिङ गरी बिछ्याउनको तयार पारि“दै गएको समेत पौडेलले बताउनुभयो।

काम शुरू भएको १५ महिनामा भारतको मोतीहारीबाट निगमको अमलेखगन्जस्थित डिपोमा जोडिने निगमको दाबी छ। सन् २०१५ को अगस्ट २४ मा नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनबीच सो परियोजना निर्माण गर्ने सहमति भएको थियो। सहमतिमा काम शुरू भएको २ वर्षभित्र सक्ने सहमति भए पनि नाकाबन्दीले गर्दा आयोजनाले गति लिन सकेको।