दिल्ली–पोखरा बसमा अवैध कपडा ओसारपसार

0
Shares

कपिलवस्तु, (नेस)
भारतको दिल्लीबाट नेपालको पोखरातर्फ आउँदै गरेको बसबाट १ लाख ५ हजार बराबरको अवैध कपडा बरामद गरिएको छ । अस्थायी प्रहरी पोष्ट सुरक्षा जाँच चौकी, लिंकगेट–कृष्णनगरका प्रहरी नायब निरीक्षक पवन पछाई नेतृत्वको टोलीले नेपाल प्रवेश गरेको बसमा चेकजा“च गर्दा लेडिज साडी ४८ थान र लेडिज सुट ८९ थान बरामद गरेको हो ।

पोखरा–दिल्ली चल्ने ना ५ ख २०३० नम्बरको बस कृष्णनगर भन्सार कार्यालयमा लगेर चेकजा“च गर्दा एसी जडान गर्ने स्थानबाट र लाइटभित्र लुकाइराखेको अवस्थामा भन्सार छलीका अवैध कपडा बरामद गरिएको प्रहरी नायब निरीक्षक पछार्इंले जानकारी दिनुभयो । अवैध सामान फेला परेपछि चालक र बसलाई नियन्त्रणमा लिएको कृष्णनगर भन्सारका प्रमुख भन्सार अधिकृत पुण्य विक्रम खड्काले जानकारी दिनुभयो ।

यात्रु बोक्ने बसले भारतबाट भन्सार छलेर अवैध सामान ओसार पसार गरेकाले नियन्त्रणमा लिई थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रमुख भन्सार प्रमुख खड्काको भनाइ छ ।

यसैबीच कपिलवस्तु प्रहरीले ३० हजार बराबरको लेडिज कुर्ता सुरुवाल बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट सिभिलमा खटिएको प्रहरी हवल्दार श्याम चौधरीको टोलीले कृष्णनगर १, शिवानगरबाट ६० पिस लेडिज कुर्ता सुरुवाल बरामद गरेको हो ।

लु ३ प ८१८८ नम्बरको मोटरसाइकलमा भन्सार छलेर अवैध रुपमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा सो कपडा बरामद गरिएको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक सूर्य बहादुर बोगटीले जानकारी दिनुभयो । बरामद गरिएको कपडा कृष्णनगर भन्सार चलान गरिएको प्रहरी निरीक्षक बोगटीले जनाउनुभयो ।