१० खर्ब नाँघ्यो व्यापारघाटा, निर्यात १० दशमलव १५ प्रतिशतले घट्यो

0
Shares

हेमन्त जोशी, काठमाडौं
वार्षिक रुपमा वैदेशीक व्यापारमा वृद्धि भएसँगै मुलुकले व्यहोर्दै आएको व्यापार घाटा पनि बढ्दै गएको छ । चालु आर्थिक वर्षको ११ महिना अवधिमा व्यापार घाटा १० खर्ब ना“घेको छ । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा कुल वैदेशीक व्यापारमा मुलुकले १० खर्ब ३२ अर्ब ३२ अर्ब ६८ लाख ५० हजार रुपिया“ बराबरको व्यापार घाटा व्यहारेको छ ।

निर्यातको तुलनामा आयात हुने वस्तुको परिणाम उच्च हुँदा नेपालको वैदेशीक व्यापारको अवस्थामा सन्तुलन कायम हुन सकेको छैन । गत आर्थिक वर्ष २०७३÷७४ मा मुलुकले कुल ९ खर्व ११ अर्ब रुपिया“ बराबरको व्यापार घाटा व्यहोरेको थियो । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको ११ महिना अवधिमा व्यापार घाटा २४ दशमलव ९० प्रतिशतले बढेको देखिन्छ ।

चालु आर्थिक वर्षको ११ महिना अवधिमा ११ खर्व ८० अर्व ९६ करोड ७३ लाख ३६ हजार रुपिया“ बराबरको कुल वैदेशीक व्यापारमा मुलुकले करिब ७३ अर्ब ३२ करोड २ लाख रुपिया“ बराबरको मात्र निर्यात गरेको छ । कुल वैदेशीक व्यापारमा ९३ दशलमव ७ प्रतिशत आयात र ६ दशमलव ३ प्रतिशत निर्यातको योगदान रहेको छ । गत आर्थिक वर्षको सोही अधिको तुलनामा कुल वैदेशीक व्यापारमा आयातको योगदान शुन्य दशमलव ७६ प्रतिशतले बढेको छ भने निर्यातको योगदान १० दशमलव १५ प्रतिशतले घटेको छ ।

यस अवधिमा नेपालले छिमेकी मुलुक भारतसंग मात्र ६६ दशमलब २ प्रतिशत व्यापार घाटा व्यहोरेको छ । ११ महिनामा भारतस“ग मात्र ७ खर्ब ७४ अर्ब ७८ करोड २७ लाख रुपिया“ बराबरको वैदेशीक व्यापार गरेकोमा मुलुकले ७ खर्व ३२ अर्ब ३१ करोड ८० लाख रुपिया“ बराबरको आयात र ४२ अर्ब ४६ करोड ४७ लाख रुपियाँ बराबरको निर्यात गरेको छ । यसरी हेर्दा भारतस“गको व्यापार घाटा मात्र ६ खर्ब ८९ अर्ब ८५ करोड ३२ लाख रुपिया“ ना“घेको छ । गत आर्थिक वर्षमा भारतस“गको व्यापार घाटा करिब ६ खर्ब रुपिया“ बराबर मात्रै थियो ।

त्यस्तै नेपालस“ग दोस्रो ठुलो वैदेशीक व्यापार गर्ने देश चीनसंग कुल व्यापार घाटाको १३ दशमलव ५७ प्रतिशत अंश घाटा रहेको छ। कुल आयातको १२ दशमलव ९ प्रतिशत अर्थात् १ खर्ब ४३ अर्ब १३ करोड ६ लाख रुपियाँ र कुल निर्यातको ४ प्रतिशत अर्थात् ३ अर्ब रुपिया“ बराबरको निर्यात गर्दा व्यापार घाटा १ खर्ब ४० अर्ब १३ करोड रुपियाँ बराबर देखिन्छ । गत आर्थिक वर्षमा चीनसँग ११ महिना अवधिमा भियतनाम नेपालसँग वैदेशीक व्यापार गर्ने तेस्रो ठूलो मुलुकका रुपमा देखिएको छ । भियतनामसँग १२ अर्ब १९ करोड ६८ लाख रुपिया“ बराबरको आयात र ५८ करोड ३२ लाख ७१ हजार रुपिया“ बराबरको निर्यातबाट कुल १२ अर्ब ७८ करोड रुपिया“ बराबरको वैदेशीक व्यापारमा व्यापार घाटा ११ अर्ब ६१ करोड ३५ लाख रुपिया“ बराबर देखिन्छ ।

सवैभन्दा ठुलो व्यापारीक नाका विरगंञ्जबाटमात्र कुल वैदेशीक व्यापारमा ३४ दशमलब २८ प्रतिशत आयात र १७ दशमलब १२ प्रतिशत निर्यात भएको छ । गतवर्ष कुल निर्यातको १९ प्रतिशत सामान निकासी गरेको सो नाकाबाट चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा २ प्रतिशतले निर्यात घटेको देखिन्छ । बिरगञ्ज नाकाबाट ३ खर्ब ७९ अर्ब ३७ करोड ६४ लाख रुपिया“ बराबरको आयात र १२ अर्ब ७२ करोड १६ लाख रुपिया“ बराबरको निर्यात भएको छ ।


 कुल वैदेशीक व्यापारमा ९३ दशमलव ७ प्रतिशत आयात र ६ दशमलव ३ प्रतिशत निर्यात ।
 १ खर्ब ७५ अर्ब ८७ करोड रुपिया“ बराबरको पेट्रोलियम पदार्थमात्र आयात ।
 भारतस“गमात्र ६६ दशमलव २ प्रतिशत आयात र ५७ लशमलव १ प्रतिशत निर्यात ।
 विरगञ्ज नाकाबाट मात्र ३४ दशमलव २८ प्रतिशत आयात ।
 कुल निर्यातको ३० दशमलव १५ प्रतिशत वस्तु निकासी गर्दै विराटनगर ठूलो निर्यात गर्ने भन्सार नाका ।


मुलुकको एकमात्र अन्तराष्ट्रिय विमास्थल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार नाका बाट १ खर्ब २० अर्ब ९० करोड रुपिय“ बराबरकोे आयात र २० र्अ ४५ करोड ४० लाख बराबरको निर्यात भएको छ । उक्त अनुपात मुलुकको कुल वैदेशीक व्यापारमा निर्यात २७ दशमलब ५२ प्रतिशत र आयात १० दशमलब ९३ प्रतिशत हो ।

भन्सार विभागको तथ्यांक अनुसार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आयात गर्ने चौथो ठुलो भन्सार कार्यालय हो भने निर्यातमा दोस्रो ठुलो भन्सार कार्यालयका रुपमा देखिएको छ । तीनवटा वटा भन्सार कार्यालयहरु जलेश्वर, जनकपुर र सिराहाबाट भने निर्यात शुन्य देखिएको छ ।

यस अवधिमा नेपालबाट निर्यात भएका प्रमुख वस्तुहरुमा ऊनी गलैंचा, तयारी पोशाक, मुसुरोको दाल, पोलिष्टर तथा अन्य धागो, टेक्सटाइल, फलाम तथा स्टील र तिनका उत्पादनहरु मुख्य रहेकाछन् । त्यस्तै हस्तकलाका सामानहरु, चाउचाऊ, टुथपेष्ट, अलैंची, चिया, अदुवा, नेपाली हातेकागज, छाला, पश्मिना सल, जडिवुटी आदि वस्तुहरुको पनि निर्यात भएकोछ ।

आयाततर्फ ईन्धन, फलाम तथा स्टील र तिनका उत्पादनहरुको आयातमा झण्डै दोब्बरले वृद्धि भएकोछ । ११ महिना अवधिमा १ खर्ब ७५ अर्ब ८७ करोड रुपियाँ बराबरको पेट्रोलियम पदार्थ मात्र आयात भएको छ । नेपालले आयात गर्ने प्रमुख वस्तुहरुमा पेट्रोलियम पदार्थ पहिलो नंम्बरमा रहेको छ ।

पेट्रोलियम पदार्थबाहेक नेपालले भारतबाट उच्च आयात गर्ने वस्तुहरुमा फलाम तथा तिनका उत्पादनहरु, यातायातका साधनहरु, मेशिनरी तथा पाटपुर्जा र अन्न प्रशस्त मात्रामा आयात भएको देखिन्छ । चीनबाट हुने आयातमा भने दुरसञ्चारका सामाग्रीहरु, विद्युतीय उपकरणहरु, मेशिनरी तथा पार्टपुर्जा, स्याऊ तथा रासायनिक मल जस्ता वस्तुहरु प्रमुख रहेका छन् । युएईबाट भने सुन, चाँदी, प्लाष्टिकको कच्चापदार्थ, लुव्रिकेटिङ तेल र चकलेट जस्ता वस्तुहरु ठुलो मात्रामा आयात भएको देखिन्छ ।