३० किलोग्राम गाँजा बरामद

0
Shares

धादिङ ।
धादिङ प्रहरीले आज ३० किलोग्राम गाँजा बरामद गरेको छ ।

बेनिघाट रोराङ गाउँपालिकाको जोगीमारामा गाडी चढ्न सडक छेउमा बसिरहेको अवस्थामा प्रहरीले जाँच गर्दा सो सामग्री बरामद गरेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सञ्जय तिमल्सिनाले बताउनुभयो । गाँजा बरामद गर्दै गर्दा गाँजासँगै रहेको दुई जना भने फरार भएको प्रहरीले जनाएको छ ।
रासस