जेसिभी दुर्घटना हुँदा २ जना गम्भिर घाईते

0
Shares

दाङ ।
लमहीमा जेसिभी दुर्घटना हुँदा दुई जना गम्भिर घाईते भएका छन ।

घोराहीवाट लमही तर्फ आउँदै गरेको बा १ प ८९८७ नम्बर को जेसिभि ब्रेक नलाग्दा लमही नगरपालिका वडा नम्बर ६ बेल्दमारमा दुर्घटना भएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।

दुर्घटनामा परेका शान्तिनगर गाउपालिका वडा नम्बर १ निवासी २२ वर्षीय चालक ठाकुर प्रसाद विक र सोहि ठाउँ निवासी २७ वर्षीय रमेश विक रहेका छन । घाईतेहरुको लमही अस्पतालमा उपचार भैरहेको छ ।