काठमाडौँ ।
शेयर बजार आज दोहोरो अंकले वृद्धि भएको छ ।
शेयर बजारको मापक नेप्से परिसूचक ३६।०१ प्रतिशतले वृद्धि भएर एक हजार २२४।४१ बिन्दुमा पुगेको छ ।
आज ‘क’ वर्गका कम्पनीको शेयर मापक परिसूचक सेन्सेटिभ इन्डेक्ससमेत ७।५१ बिन्दुले बढेर २५७।४६ बिन्दुले बढेको छ । लगातार ओरालो लाग्दै आएको बजारमा आज भने सबै उपसूचकमा हरियाली छाएको छ । सबै उपसूचकमा हरियाली छाएर साताको अन्तिम दिन शेयर बजारले लगानीकर्तामा उत्साह थपिदिएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज कूल १६८ कम्पनीको १२ लाख एक हजार ४३३ कित्ता शेयर रु ४६ करोड २० लाख १८ हजार ६३० मूल्यमा खरिद बिक्री भएको छ । आज कारोबार रकममा समेत वृद्धि भएको छ ।
स्टकका अनुसार बैंकिङ २६।७७, होटल ५८।६, विकास बैंक ३७।२८, जलविद्युत् ५२।०२, वित्त ८।७८, बीमा ३२२।४३, अन्य ८।४८ र माइक्रोफाइनान्स ८५।९ बिन्दुले बढेको छ । आज व्यापार समूह समान्य रह्यो भने उत्पादन समूह भने ३७।३४ बिन्दुले घटेको छ ।
रासस
प्रतिक्रिया