नेपालमा पनि हुने भयो घण्टाको तलब

0
Shares

काठमाडौं ।
अब नेपालमा पनि घण्टामा आधारित श्रम प्रणाली लागू हुने भएको छ ।
यसका लागि सरकारले घण्टाको समेत ज्याला तोक्ने भएको छ । नयूनतम तलब निर्धारण समितिले घण्टाको पारिश्रमिक तोक्न लागेको हो । नयाँ श्रम ऐनले पार्ट टाइम काम गर्ने श्रमिकलाई कानुनी दायरामा ल्याएको छ ।
यसलाई सम्बोधन गर्नुपर्ने भएकाले श्रम मन्त्रालयलाई घण्टाको पारिश्रमिक निर्धारण गर्नुपर्ने बाध्यकारी नियम छ ।