रक्सी खाएर श्रीमाणले गरे आफ्नै श्रीमतिको हत्या

0
Shares

कैलाली ।
गएराति ९ बजे लम्किचुहा नगरपालिका २ प्रतापपुरमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ । स्थानीय ३३ वर्षका इन्द्र चौधरीले कुटपीट गर्दा श्रीमती ३२ वर्षकी गर्भा चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आज विहान वडाअध्यक्षले जानकारी गराएपछि प्रहरी घटनास्थलमा पुगि घटना शंकास्पद लागेपछि इन्द्रलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।
छोराछोरीसंग बुझ्दा गएराति बाबुले रक्सी खाई आमालाई कुटपिट गरेको बताएका प्रहरी उपरीक्षक घिमिरेले बताए ।
लौरोले हिर्काएको बताए पनि घाउचोट हेर्दा धारिलो हतियार प्रयोग भएको हुन सक्ने देखिएको प्रहरीले बताएको छ । मृतकको शव पोष्टमार्टमका लागि टीकापुर अस्पताल पठाइएको छ ।