त्रिभुवन मंगला माविमा दुईकोठे भवन निर्माण

0
Shares

म्याग्दी ।
म्याग्दीको मंगला गाउँपालिका–२ ¥यालेखोरस्थित त्रिभुवन मंगला माविमा दुईकोठे कक्षा निर्माण गरिएको छ ।

गाउँपालिकाको रु दश लाख अनुदान र स्थानीयवासीको रु एक लाख ५० हजार ५२१ बराबरको श्रमदानमा पुरानो भवनमाथि टिनले छाएको दुईवटा कोठा थप गरिएको उपभोक्ता समितिका सचिव रुद्रबहादुर खड्काले बताउनुभयो ।

सोही विद्यालयमा जिल्ला शिक्षा कार्यालयको सहयोगमा दुईतले चारकोठे पक्की भवन निर्माणाधीन अवस्थामा छ । कक्षा १० सम्म पठनपाठन हुने विद्यालयमा हाल डेढसय विद्यार्थी अध्ययनरत छन् । नयाँ कक्षाकोठा निर्माण भएपछि पठनपाठनमा सहज हुने अपेक्षा गरिएको शिक्षकसमेत रहनुभएका उपाभोक्ता समितिका सचिव खड्काले बताउनुभयो । पुरानो भवन जीर्ण र जोखिमयुक्त बनेपछि नयाँ भवन निर्माणको काम गरिएको हो ।
रासस