ई–कन अब एक चक्कीमा

0
Shares

काठमाडौं(नेस)
नेपाल सि आर एस द्वारा वितरित आकस्मिक गर्व निरोधक चक्की ई–कन अब एक चक्कीमा बजारमा आएको छ ।

विगतमा इ–कन एक चक्की खाइसकेपछि अर्को चक्की खान बिर्सिने सम्भावना रहेको सर्वेक्षणमा देखिएको हुनाले अहिले ग्राहकको चाहना अनुसार १ दशमलब ५ एम जि लेभोनोरजे कम्पोजीशनमा ई–कन एक चक्कीमा उपलब्ध गराईएको कम्पनीले जनाएको छ ।

असुरक्षित यौन सम्र्पक भएको १ सय २० घण्टा भित्रको समयमा जति सक्दो चाडो ई–कन खाइयो, त्यति नै बढी यो प्रभावकारी रहन्छ। ई–कन आकस्मिक गर्व निरोधक चक्की मात्र रहेको र यसलाई नियमित परिवार नियोजनको साधन बनाउनु नहुने र यसले एच.आई.भि. र अरु यौनजन्य रोगहरु सर्न बाट नरोक्ने जानकारी पनि कम्पनीले दिएको छ।

नेपाल सि आर एस कम्पनी सन १९७८ बाट सञ्चालित नाफारहित सामाजिक संस्था हो जसले परिवार नियोजनका अस्थायी साधनहरु, पुनर्जलीय झोल तथा सुत्केरी सामग्रीको बिक्री बितरण र प्रबर्धनका साथै दुर्गम सुगम क्षेत्रहरुमा बिभिन्न स्वास्थ्य समस्या का बिरुद्द जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ।