माथिल्लो त्रिशुली–१ ले गति लियो

0
Shares

काठमाडौं (नेस)
रसुवामा निर्माणाधीन अवस्थामा रहेको माथिल्लो त्रिशुली–१ आयोजनाले गति लिएको छ । २ सय १६ मेगावाटको माथिल्लो त्रिशुली–१ जलविद्युत आयोजनाको आवश्यक पूर्वाधार विकासको काम शुरु भएको आयोजनाले जनाएको छ । निर्माण कम्पनी प्रवद्र्धक नेपालवाटर एण्डइनर्जी डेभलपमेन्ट कम्पनीले आयोजना स्थल पुग्ने पहु“चमार्ग, पुल तथा आवस क्षेत्र निर्माणको काम शुरु गरेको हो ।

प्रवद्र्धक नेपालवाटर एण्डइनर्जी डेभलपमेन्ट कम्पनीले आयोजनाको विद्युत गृह रहने मैलुङ र बा“ध रहने हाकुबेसीबाट एकै पटक पहु“चमार्ग खन्न सुरु गरिएको जनाएको छ । कम्पनीका अनुसार क्रसर राख्ने स्थान सम्म पुग्ने पहु“च मार्गको काम पनि शुरु गरिएको जनाएको छ ।

यसैगरी, मैलुङफाँटमा आवासगृह निर्माणको काम सुरु भएको छ । २०७२ सालको भूकम्पले यस अघि राम्चीमा निर्माण भएको आवास क्षेत्रमा पूर्णरूपमा क्षतिपुगेपछि नया“ स्थानमा जग्गा खरिद गरेर कर्मचारी तथा कामदारका लागि नयाँ आवास बनाईएको हो ।

यस्तै, विद्युतगृह र बा“ध क्षेत्रमा छुट्टा छुट्टै ‘बेलीब्रिज’निर्माणको काम शुरु भएको छ । मैलुङमा यस अघि निर्माण भएको पक्की पुलमा भूकम्प र पहिरोले क्षति पु¥याएपछि निर्माण सामग्री ढुवानी तथा आवत–जावतकालागि २ वटा बेलीब्रिज बनाउन शुरु गरिएको हो । बाँध क्षेत्रमा निर्माण हुने बेलीब्रिजले जिल्लाको आमाछोदिङ्मो र गोसाईंकुण्ड गाउँपालिका लाई जोड्नेछ । यसले स्थानीयलाई यात्राको लागि सहज हुने छ ।

आगामी ९ महिना भित्र आवश्यक सबै पूर्वाधार तयार गरेर आयोजना विकासको काम शुरु गरिने निर्माण कम्पनीले जनाएको छ ।आगामी भदौभित्र ऋण लगानी गर्ने वित्तीय संस्थासँग सम्झौता गरेर मंसिरबाट आयोजना निर्माणको काम शुरु गर्ने लक्ष्य छ ।आयोजना २०८० सालमा सम्पन्न भई विद्युत उत्पादन भई संञ्चालनमा आउने छ ।