माहुली पुल भासिन थाल्यो



राजविराज, (नेस)
पुर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्निसाईर कृष्णासवरण गाउँपालिका ५ स्थित महुली पुल भासिन थालेको छ ।

दुई दिन यताको वर्षातसँगै खोलामा आएको वाढिका कारण करिव २५ मिटरजती पुल भासिएको वडा अध्यक्ष श्रीप्रसाद यादवले जानकारी दिए । विहान करिव ४ वजे पुल भासिन थालेको जानकारी पाएको उनले वताए । ‘विहान आउँदा करिव २ इन्च भासिएको थियो, अहिले करिव १० इन्च भासिएको छ’ उनले भने–‘विस्तारै–विस्तारै भासिने क्रम जारी रहेकोले तत्कालै सर्पो्टिङ्ग वाँधको आवस्यक्ता छ ।’

सप्तरीका एसपी मुकेशकुमार सिंहले पुलको एकसाईड मात्रै भासिएकाले वान–वे यातायात संचालन गरिएको वताए । एसपी सहित सिडिओ सुरेन्द्र पौडेल लगायतको टोली घट्नास्थलमा पुगेको छ ।

‘पुलको आधा भाग जमीन र आधा भाग मात्रै पुल छ’ उनले भने–‘जण्डौलपटिवाट जमीनको भाग चाहि भासिएको हो, आत्तीनु पर्ने अवस्था छैन ।’

सडकको विचमा पुर्व–पश्चिम चिरा परेर एक साईड भासिएकाले त्यसको सपोर्टका लागि आवश्यक वाँध वनाउन पहल भईरहेको सिंहले जानकारी दिए । सडकका ईन्जिनियरलाई वोलाएर आवश्यक तयारी समेत सुरु गरिएको उनले वताए ।

प्रतिक्रिया दिनुहोस्