कांग्रेस प्रदेश कार्यालय उद्घाटित



हेटौंडा, (नेस)
३ नम्बर प्रदेशसभाको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको संसदीय दलको कार्यालय बुधबार उद्घाटन गरिएको छ । ३ नम्बर प्रदेशसभा सभामुख सानुकुमार श्रेष्ठले रिबन काटेर कांग्रेस संसदीय दलको कार्यालय उद्घाटन गर्नुभएको हो ।

उद्घाटनपछि नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले प्रदेशसभाले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई संसदीय दलको कार्यालय उपलब्ध गराएको प्रति सभामुख श्रेष्ठलाई धन्यवाद व्यक्त गर्नुभयोे ।

कार्यक्रममा नेपाली कांग्रेस, नेकपा, राप्रपा, राप्रपा नेपाल, विवेकशील साझा पार्टी, नेमकिपालगायतका प्रमुख सचेतक, सचेतक, प्रदेशसभा सदस्यको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्