आठ बिचौलिया पक्राउ



काठमाडौं(नेस) । यातायात व्यबस्था कार्यालय, मोटरसाईकल शाखा गुर्जुधारामा सेवाग्राहीलाई दुःख दिने ८ जना बिचौलियालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं चन्द्रागिरी नगरपालिका–८ बस्ने झापा सुरुङगा नगरपालिकाका कृष्णप्रसाद थपलिया, अपार रिजाल, कलंकी बस्ने किरण देउला, भक्तपुर ईताछे बस्ने गोपालकृष्ण श्रेष्ठ, ललितपुर महानगरपालिका–१३ जावलाखेल बस्ने प्रकाश तन्डुकार, ललितपुर महानगरपालिका–१४ सातदोबाटो बस्ने कन्चन राई, काठमाडौं रातोपुल बस्ने बाँके कोहलपुरका बालकृष्ण खत्री र ललितपुर ईमाडोल बस्ने सिन्धुलीका पवन तामाङ रहेका छन् ।

उनीहरुले सेवाग्राहीसँग दश गुणा भन्दा बढी रकम लिएर काम गरिदिने गरेको, सिधै कार्यालयमा जान रोक्ने गरेको भन्ने सेवाग्राहीद्वारा गुनासो आएपछि महानगरीय प्रहरी प्रभाग बलम्बुबाट खटिएको टोलीले सेवाग्राहीलाई जवरजस्ती तानिरहेको र यातायात कार्यालयमा जान अबरोध गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्