सिभिल ग्रुपको अर्को कर्तुत, फेक अकाउन्ट बनाउँदै भ्रम फैलाउँदै

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
उच्च राजनितीक तहस“गको साँटगाँठ र गुण्डागर्दीको आडमा आफु विरुद्ध आवाज उठाउने जोही कोहीलाई तह लगाउ“दै आएको सिभिल ग्रुपले सामाजिक सञ्चालमा आएका प्रतिक्रियासँग जुध्न तथा आफ्नो बढाई चढाई गर्न पनि अवैध तरिका नै अपनाउने गरेको छ ।

 

सामाजिक सञ्जाल फेसबुकमा अनुस्का जैन र सुमन वैद्य नामका दुईवटा अकाउन्ट भेटिन्छन् । ती अकाउन्ट कसको हो भन्ने कुराको जानकारी लिनका लागि उनीहरुको नाम बाहेक अन्य कुनै जानकारी भेटिदैन । तर ती अकाउन्टको प्रयोग भने सामाजिक सञ्जालमा सिभिल ग्रुप र सिभिल होम्स सँग सम्बन्धित विषयवस्तु र उनीहरुका हरेक क्रियाकलापमा जोडिने गरेको देखिएको छ ।

सिभिल ग्रुपले अनुस्का जैन र सुमन वैद्य नामका दुईवटा नक्कली फेसबुक अकाउन्ट खोलेको देखिन्छ । ती दुवै अकाउन्टमा कुनै तस्वीर राखिएको छैन भने अन्य जानकारी खुलाईएको छैन । यी दुईवटा अकाउन्टको काम सामाजिक सञ्जालमा सिभिल गु्रपको तारिफ गर्ने र कसैले सिभिल गु्रपसँग सम्बन्धित केही कुरा लेखेका त्यसको खेदो हो । त्यतिमात्र नभई कसैले फेसबुकमार्फत् सिभिल गु्रपका काम कारबाहीका बारेमा केही गुनासो गरेमा यी दुई व्यक्ति तथानाम गाली गर्दै प्रतिक्रियामा उत्रिने गरेका छन् ।

ती अकाउन्टहरु नक्कली हुन भन्ने कुरा कसरी प्रष्ठ हुन्छ भने अनुस्का जैनले फेसबुकमा प्रतिक्रिया (कमेन्ट) गर्दा आफ्नो परिचय कहिले आफु सिभिल होम्सको खरीदकर्ता, कहिले सीटीसी मलमा पसल किनेको एक व्यापारीका त कहिले टेक्सटाईल कम्पनीको मालिकका रुपमा दिने गरेको देखिन्छ । यसरी अवस्थाअनुसार सुहाउ“दो परिचय दिने अनुस्का जैन भन्ने व्यक्ति वास्तवमा कुनै व्यक्ति नै नभई सिभिल ग्रुप अथवा सिभिल होम्सले सिर्जना गरेको फेक अकाउन्ट हो भनेर बुझ्न गाह्रो छैन ।