डाक्टरले ‘हप्काएको’ भन्दै प्रशासनमा उजुरी

0
Shares

सलिम अन्सारी,प्यूठान ।

बिरामीलाई चेकजाँच नगरी ‘हप्काएर’ पठाएको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता भएको छ। प्यूठान अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.अच्यूतराज कार्कीले विरामीलाई चेकजाँच नगरेको भन्दै प्रशासनमा उजुरी परेको हो । जिल्लाको झिमरुक गाउँपालिका ५ ओखरकोट मच्छिकी जुना न्यौपानेले मंगलबार आफूलाई अभद्र व्यवहार गरेको गुनासो गर्दै जिल्ला प्रशासनमा लिखित उजुरी गरेकी हुन्।

‘दुई घण्टा कुरेर डाक्टरलाई भेट्न गएकी थिएँ’, न्यौपानेले भनिन्, ‘मैले जाँच्दैन कसले पठाएर यहाँ आएको हो ? बाहिर जा ! भनेर आफूलाई गाली गरेको उनले गुनासो गरिन्। डाक्टरलाई कारवाहीको माग गर्दै उनले प्रमुख जिल्ला अधिकारी समक्ष लिखित उजुरी दिएकी हुन्। एक हप्ता अघिदेखि कानबाट पिप बगेपछि चिकित्सकको सल्लाह लिन अस्पताल पुगेकी न्यौपानेलाई डाक्टर कार्कीले अभद्र व्यवहार गरेको आरोप लागेको छ । लागि अस डाक्टरले ‘हप्काए’पछि चेकजाँच नै नगरी उनी प्रशासनमा उजुरी गर्न पुगेकी थिइन्। ‘मुस्कानसहितको सेवा पाउने सुनेका थियौँ’, न्यौपानेले गुनासो गर्दै भनिन्, ‘तर, अस्पतालमा त्यस्तो व्यवहार भएन। उल्टै थर्काएर पठाइयो।’ डाक्टरले हप्काएपछि चेकजाँच नगरी फर्किए न्यायको लागि प्रशासनमा उजुरी दिएको उनले बताइन ।

प्रशासनिक र चेकजाँच दुवै हेर्नुपर्ने भएकाले धेरै विरामी जाँच्न समय नमिलेकाले न्यौपानेलाई फर्काउनु परेको डा।कार्कीले प्रतिक्रिया दिए। ‘पहिला नै दुईजना विरामी कोठामा थिए’, डा।कार्कीले भने,‘कसले पठायो तपाइलाई रु भनेर सोधेको मात्र हुँ।’
जिल्ला अस्पतालमा विरामीलाई अभद्र व्यवहार गर्ने क्रम बढ्दै गएपछि यस विषयमा अस्पताल विकास समितिको तत्कालै बैठक बसेर छलफल गर्ने प्रमुख जिल्ला अधिकारी डा।कृष्णबहादुर घिमिरेले बताए।
अस्पतालले सेवाग्राहीमैत्री व्यवहार नगरेपछि पछिल्लो समय अस्पतालप्रति जनविश्वास गुम्दै जान थालेको समेत नागरिक समाजका अगुवाले टिप्पणी गरेका छन्।