दोहोरो नागरीकता पाउनुपर्ने भन्दै दायर गरिएको रिट खारेज

0
Shares

प्रशान्त वली, काठमाडौं ।

सर्वोच्च अदालतले दोहोरो नागरीकता लिन पाउनुपर्ने भन्दै दायर गरिएको रिट खारेज गरेको छ ।अदालतका पाँच न्यायाधीशको पूर्ण इजलासले विदेशको नागरिकता लिए पनि नेपालको नागरिकता खारेज नभई कायम रहिरहनु पर्ने माग गर्दै दायर भएको रिट खारेज गरेको हो ।

निवेदकको मागदावी अनुसार आदेश जारी गर्नु नपर्ने भन्दै रिट खारेज गरेको सर्वोच्चका सञ्चारविज्ञ कीशोर पौडेलले नेपाल समाचारपत्रलाइ जानकारी दिनुभयो ।

बेलायतमा बसोबास गरेका गोविन्द बेल्वासे र सुरेन्द्रबहादुर श्रेष्ठले नेपालको कुनै नागरिकले आँफूखुशी कुनै विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि निजको नेपाली नागरिकता कायम रहने छैन भन्ने भन्ने नागरिकता ऐन २०६३ को दफा १० लाई खारेज गर्नुपर्ने माग राख्दै रिट दायर गर्नुभएको थियो ।