विराकाल बन्दै बाढि पहिरोः ५ दिनमा २६ जनाको मृत्यू

0
Shares

काठमाडौं ।
विभिन्न जिल्लामा बाढी आएसंगै प्रतिनिधिसभाको बुधबारको बैठकमा गृहमन्त्री रामबहादुर थापाले पछिल्ला केही दिनको बाढी र पहिरोले पुर्‍याएको क्षतिको विवरण दिदै १५ गतेदेखि आजसम्म २ जना बेपत्ता, झण्डै एक दर्जन घाइते र २६ जनाले ज्यान गएको जानकारी दिएका छन् ।
गृहमन्त्री थापाका अनुसार बाढी प्रभावित स्थानमा तत्काल राहत र उद्धारको काम सुरु गरिसकेको स्पष्ट पार्दै कैलालीमा १ , बाँकेमा ४, सिन्धुलीमा २, रोल्पामा ३, चितवनमा १ , पर्सामा २ , काठमाण्डौमा १, सर्लाहीमा २ जना, तनहुँमा २ ,उदयुरमा १, सिरहामा १, दाङ १, मकवानपुरमा २, महोत्तरी १, बर्दियामा १ , बारामा १ जनाको मृत्यु भएको र मौसमविद्हरुको पूर्वअनुमान ठुलो क्षतिको संभावनालाई मध्यनजर गर्दै सरकारले जोखिम न्युनीकरणका लागि आवश्यक तयारी गरिएको जानकारी दिएका छन् ।
बाढी प्रभावितको राहत र उद्धारका लागि आवश्यक बजेट विनियोजन गरी जोखिमयुक्त स्थान पहिचान गरी राहत सामग्री पुर्याउने काम भइरहेको पनि बताएका छन् । आवश्यक पूर्वतयारी गरी विपद जोखिम न्यूनिकरण राष्ट्रिय परिषद्को बैठक बसिरहेको पनि बताए ।