ट्याक्टरको ठक्करबाट साईकल यात्रीको मृत्यु

0
Shares

दाङ ।
ट्याक्टरको ठक्करबाट एकजना साइकल यात्रीको मृत्यु भएको छ ।

मृत्युहुनेमा गढवा गाउँपालिका –४ का ५६ वर्षीय रामलाल चौधरी रहेको प्रहरीले जनाएको छ ।

रा १ त ३७० नं को ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका चौधरीको थप उपचारका लागि दाङको लमही तर्फ लैजाँदै गर्दा बाटोमै आज बिहान उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
रासस