बाढी पहिरोबाट भएको जनधनको क्षतिबारे जानकारी गराउन माग

0
Shares

काठमाडौँ ।
प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा भाग लिने अधिकांश सांसदले बाढी पहिरो, डा गोविन्द केसी र गंगामाया अधिकारीको अनशन तथा नेपाली सेनाभित्रको अनियमिताकाबारेमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बैठकमा सांसद बिमलकुमार श्रीवास्तवले तराईलगायत मुलुकका विभिन्न क्षेत्रमा वर्षापछि आएको बाढी पहिरोबाट भएको जनधनको क्षतिबारे जानकारी गराउन सरकारसँग माग गर्नुभयो ।

सांसद बिमाला नेपालीले प्राकृतिक प्रकोपका घटनाबाटपीडित जनतालाई राहत पु¥याउन सरकारलाई सुझाव दिनुभयो ।

सांसद भरतकुमार साहले अनशनरत गंगामाया अधिकारीको स्वास्थ्य अवस्थाका वारेमा जानकारी दिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद भवानीप्रसाद खापुङले तेह्रथुम–वसन्तपुर सडकखण्ड पहिरोले अवरोध हँुदा आवतजावतमा समस्या भएकाले यसको तत्काल सुधार गर्नुपर्ने आवश्यकतामाथि जोड दिनुभयो ।

सांसद महेश बस्नेतले नेपाली सेनाभित्र सामान खरिद तथा बन्दोबस्तीका सामान र विकास निर्माणमा भएको भनिएको अनियमितताबारे सरकारले आवश्यक छानबिन गरोस् भन्नुभयो ।

सांसद महेश गहतराजले वर्षासँग आएको बाढी पहिरोमा परी मुलुकका विभिन्न स्थानमा १७ जनाको मृत्यु भएको सूचना प्राप्त भएकाले यसबारे सरकारबाट जानकारी आओस् भन्नुभयो ।

सांसद मीनबहादुर विश्वकर्माले सुनसरीका विभिन्न सडक सुधार र स्तरोन्नति गर्न माग गर्नुभयो ।

सांसद मोहन बानियाँले वर्षाले कर्णालीका विभिन्न सडक, पुल पुलेसा र स्थानीय जनजीवनमा असर पुगेको भन्दै प्राकृतिक प्रकोपबाट हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न बेलैमा ध्यान पु¥याउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद यज्ञराज सुनुवारले संघीय प्रहरी ऐन बन्दै गरेको सन्दर्भमा प्रदेश नं २ ले छुट्टै प्रहरी ऐन बनाउन लागेकोमा आपत्ति जनाउनुभयो ।

सांसद योगेश भट्टराईले ताप्लेजुङका अधिकांश सरकारी कार्यालय हटाउने भन्ने समाचार सञ्चार माध्यममा आएकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै हालका सबै कार्यालय निर्वाध रुपमा सञ्चालन गरिनुपर्नेमा जोड दिनुभयो ।

सांसद रङ्गमती शाहीले मानसरोवर यात्राका अलपत्र तीर्थयात्रीको प्रभावकारी उद्धारमा सक्रियता जनाउन आग्रह गर्नुभयो ।

सांसदद्वय राजेन्द्रकुमार केसी र रामबहादुर विष्टले अनशनरत चिकित्सक डा गोविन्द केसीको जीवन रक्षा गर्न सरकारसंग माग गर्नुभयो ।
रासस