बुद्धले थप्यो ११औं जहाज

0
Shares

काठमडौं (नेस) हवाई सेवाप्रदायक निजी कम्पनी बुद्ध एयरले अर्को विमान थपेको छ । मंगलबार एटीआर कम्पनीद्वारा निर्मित कलसाइन नाइन एन एएमयु रहेको एटीआर ७२–५०० जहाज ल्याएको हो ।

विमानले साउनको तेस्रो सातादेखि व्यावसायिक उडान भर्ने कम्पनीले जानकारी दिएको छ । यस अगाडि नै व्यावसायिक उडान भरिसकेको विमान कम्पनीले खरिद गरेको हो ।
थपिएको एटीआर ७२–५०० जहाजस“गै बुद्ध एयरको जहाज संख्या ११ पुगेको छ । विमान फ्रान्सको टुलुज फ्रान्कजल विमानस्थलबाट इटाली, इजिप्ट, ओमान हु“दै काठमाडौं आइपुगेको हो ।

अहिले थपिएको जहाजस“गै ६ वटा एटीआर ७२–५००, ३ वटा एटीआर ४२–३२० र दुई वटा बीचक्राफ्ट १९००‘डी’ छन् । कम इन्धन खपत गर्ने एटीआर जहाज वातावरणमैत्री मानिन्छ । आफ्ना अन्य एटीआर जहाजमा जस्तै यो जहाजमा पनि फराकिला र आरामदायी सिट रहेको कम्पनीले जनाएको छ ।