‘क्षेत्रीय आर्थिक विकासका लागि पूर्वाधार विकास’

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले भारतको नया“ दिल्लीमा आयोजना भइरहेको सार्क विकास कोषको साझेदारी सम्मेलन–२०१८ लाई सम्बोधन गर्दै नेपालमा लगानीका लागि सार्क क्षेत्रका लगानीकर्ताहरूलाई आग्रह गर्नु भएको छ ।

सार्क सदस्य राष्ट्रका सरकारी तथा निजी क्षेत्रका प्रतिनिधिहरू, नीति निर्माताहरू, अर्थशास्त्रीहरू, सार्क सचिवालय, सार्क उद्योग वाणिज्य संघको सहभागिता रहेको उक्त सम्मेलनको दोस्रो प्राविधिक सत्रमा सामाजिक शीर्षक अन्तर्गत गरिबी निवारण, मानव विकास, शिक्षा, स्वास्थ्य आदि क्षेत्रमा सहवित्तीयकरणका लागि सम्भावित परियोजनाको पहिचान विषयक विशेष सत्रलाई सम्बोधन गर्नुहु“दै अध्यक्ष राणाले सो आग्रह गर्नु भएको हो ।

आइफाडका एसिया प्रशान्त क्षेत्रीय अर्थशास्त्री फेब्रिजीओ ब्रेससिआनीको अध्यक्षतामा आयोजित उक्त सत्रमा नेपालको निजी क्षेत्रको धारणा राख्नु हु“दै अध्यक्ष राणाले क्षेत्रीय आर्थिक विकासका लागि पूर्वाधार विकासमा जोड दिनुभयो । दक्षिण एशियाली राष्ट्रहरूको अर्थतन्त्रमा साना तथा मझौला उद्योगहरूको निकै ठूलो योगदान रहेकाले एसएमइजहरूलाई पछिल्लो प्रविधिहरूले सुसज्जित बनाउन र यस क्षेत्रमा प्रविधि आदान प्रदानमा विशेष जोड दिनुपर्ने अध्यक्ष राणाको सुझाव थियो ।

अध्यक्ष राणाले नेपाल दक्षिण एसियामा लगानीका लागि उर्वर क्षेत्र रहेकाले पर्यटन, पूर्वाधार, जलस्रोत, कृषि लगायतका महŒवपूर्ण क्षेत्रमा लगानी गर्न पर्याप्त अवसर रहेको जानकारी गराउनुभयो । अध्यक्ष राणाले सदस्य राष्टहरू बीच सम्पर्क (जल, स्थल, हवाई) विस्तार, सहज आवागमन तथा सिमापार व्यापारमा पनि जोड दिनुभयो ।

उहा“ले क्षेत्रीय स्तरमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रयोगशालाको विस्तार, महिला सशक्तिकरण तथा समावेशी अर्थतन्त्रको विकासमा पनि आफ्नो धारणा राख्नुभयो ।

उक्त सम्मेलनमा सहवित्तीयकरणका लागि पर्यटन, साना तथा मझौला उद्यम, कृषि, क्षेत्रीय प्रयोगशाला, ऊर्जा लगायतका सम्भावित क्षेत्रमा परियोजनाहरू प्रस्ताव गरिएको छ ।
अध्यक्ष राणास“गै उक्त सम्मेलनमा महासंघको प्रतिनिधिमण्डलले भाग लिइरहनु भएको छ ।