नेपाल टेलिकमद्वारा मिर्मिमा टेलिफोन क्षमता विस्तार

0
Shares

काठमाडौं, (नेस)

नेपाल टेलिकम गल्याङले स्याङ्जाको पर्यटकीय क्षेत्रको रुपमा रहेको मिर्मिमा पीएसटीएन टेलिफोन लाइन तथा एडीएसएल वितरणको क्षमतामा विस्तार गरेको छ । विस्तार पश्चात अब पीएसटीएन तथा एडीएसएल सेवाका नया“ उपभोक्ताहरुले सहजै सेवा प्राप्त गर्ने भएका छन् ।

नेपाल टेलिकम गल्याङका कार्यालय प्रमुख राम राज उपाध्यायका अनुसार मिर्मिका उपभोक्ताहरुले नया“ लाइन नपाएका कारण एडीएसएल समेत चलाउन नपाएको अत्याधिक गुनासो गरेपछि उपभोक्ताको माग सम्बोधन स्वरुप हाललाई यस अघि वितरित लाइन भन्दा ४८ लाइनको क्षमता मात्रै विस्तार गरिएको हो । तथापि, आगामी दिनमा माग बढ्दै गए पुनः क्षमता विस्तार गर्दै लगिनेछ उहा“ले भन्नुभयो ।

समयमा नया“ लाइन नपाएका कारण विगत दुई महिनादेखि लाइनको पर्खाइमा रहेको प्राइम कमसियल बैंक मिर्मि शाखाले अब आपूmलाई आवश्यक लाइन तुरुन्त पाइने भएकोमा खुशी लागेको बैंकका शाखा प्रबन्धक लोक बहादुर कु“वरले बताउनुभयो । नेपाल टेलिकमद्वारा वितरित पिएसटिएन फिक्ड लाइन भरपर्दो टेलिफोनका रुपमा लिइन्छ भने सोमार्पmत फाइभ एमबिपिएस स्पिड क्षमता भएको हाईस्पिड ब्रोडव्याण्ड एडिएसएल इन्टरनेट समेत सहजै चलाउन सकिन्छ ।