प्रिमियम मूल्य निर्धारण प्रक्रियामा संशोधन

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं

नेपाल धितोपत्र बोर्डले अन्तर्राष्ट्रिय अभ्यास अनुरुप प्रिमियम मूल्य निर्धारण प्रक्रियालाई व्यवस्थित बनाउन भन्दै धितोपत्र निष्काशन तथा बा“डफा“ड निर्देशिका, २०७४ मार्फत थप सार्वजनिक निष्काशनको प्रिमियम मूल्य निर्धारण विधि परिर्माजन गरेको छ ।

बोर्डले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन तथा थप सार्वजनिक निष्काशनमा प्रिमियम मूल्य निर्धारण गर्दा संस्थाको पु“जीकृत खुद नाफा, भविष्यमा प्राप्त हुने नगद प्रवाहको वर्तमान मूल्य (डिस्काउन्टेड क्यास फ्लो), संस्थाको पछिल्लो लेखापरीक्षण भएको वित्तीय विवरण अनुसारको प्रतिशेयर खुद सम्पत्ति र १ सय ८० दिनको औसतबजार मूल्य विधिबाट प्राप्त हुने मूल्यहरुको कूल मूल्यको सामान्य औसत गणना गरी प्रिमियम मूल्य निर्धारण गरिनुपर्ने जनाएको छ ।

केही संस्थाहरुले आफूखुशी प्रिमियम मूल्य निर्धारण गर्ने गरेको भन्दै बोर्डले प्रिमियम मूल्य निर्धारणलाई पारदर्शी र यथार्थपरक बनाउन अन्तर्राष्ट्रिय अभ्यासलाई लागू गरिनुपर्ने जनाएको हो ।

प्रिमियम मूल्यमा सार्वजनिक निष्काशन गर्दा एफपीओको मूल्य निर्धारण गर्न तत्कालीन धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०६५ र धितोपत्र निष्काशन निर्देशिका, २०६७ मा स्पष्ट व्यवस्था देखि“दैन । यस्तो अवस्थामा संगठित संस्थाले आफ्नै विधि तथा तरिकाबाट प्रिमियम मूल्य निर्धारण गर्ने गरेको र कतिपय संगठित संस्थाले अस्वाभाविक प्रिमियम मूल्य निर्धारण गरी प्रस्ताव गर्ने गरेका छन् ।

नया“ व्यवस्थाअनुसार निर्धारण गरिएको प्रिमियम मूल्य र मूल्य निर्धारण गर्दा अपनाइएको विधि, औचित्य र औचित्यलाई पुष्टि गर्ने गरी संगठित संस्थाभन्दा बाहिरका विज्ञ वा विज्ञ संस्थाबाट ड्यू डेलिजेन्स अडिट गरिएको विवरणलाई संगठित संस्थाको लेखापरीक्षकबाट समेत प्रमाणित गराउनुपर्ने व्यवस्था गरिएको छ । साथै प्रिमियम मूल्यको यथार्थपरक विश्लेषणका लागि प्रिमियम मूल्यमा सार्वजनिक निष्काशन गर्दा सम्पूर्ण धितोपत्रको प्रत्याभूत गराउनुपर्ने व्यवस्था संशोधित निर्देशिकामा गरिएको छ ।

पु“जी बजारमार्फत पु“जी परिचालन गर्न सरकार तथा र बोर्डले प्रोत्साहनमूलक नीति अपनाएको छ । सरकारले बजेट मार्फत धितोपत्र बजारमा सूचीकृत हुने उत्पादनशील क्षेत्रका कम्पनीलाई आयकरमा १५ प्रतिशत विशेष छुट दिने व्यवस्था गरेको छ । सोही अनुरुप बोर्डले पनि धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ लागू गरी प्रिमियमसहितको मूल्यमा सार्वजनिक निष्काशन गर्न सकिने र जारी पु“जीको न्यूनतम १० प्रतिशतमात्र सार्वजनिक निष्काशन गरे पुग्ने व्यवस्था गरेकोे छ ।

बोर्डले अन्तर्राष्ट्रिय अभ्यासलाई आधार मान्दै धितोपत्र निष्काशन तथा बा“डफा“ड निर्देशिका, २०७४ मार्फत धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशनको प्रिमियम मूल्य निर्धारण गर्दा पछिल्लो तीन वर्षको पु“जीकृत भएको आम्दानी, भविष्यमा प्राप्त हुने नगद प्रवाहको वर्तमान मूल्य (डिस्काउन्टेड क्यास फ्लो) र अन्तर्राष्ट्रिय प्रचलनको आधारमा मूल्यांकनकर्ताले अपनाएको अन्य कुनै एक विधि अवलम्बन गरी प्राप्त हुने कूल मूल्यको औसत मूल्य वा पछिल्लो लेखापरीक्षण भएको प्रतिशेयर नेटवर्थको चार गुणाले हुन आउने मूल्य मध्ये जुन कम हुन्छ सोलाई प्रिमियम मूल्य कायम गर्नुपर्ने व्यवस्था गरिएको छ ।

प्रिमियम मूल्य निर्धारणलाई पारदर्शी र यर्थाथपरक बनाउन भन्दै बोर्डले २०७३ साल साउन २५ गते सार्वजनिक निष्काशनको प्रिमियम मूल्य निर्धारण सम्बन्धी विधि लागू गरेको छ । जसअनुसार थप सार्वजनिक निष्काशनको प्रिमियम मूल्य गणना गर्दा खुद नाफा, डिस्काउन्टेड क्यास फ्लो, प्रतिशेयर खुद सम्पत्ति र १ सय ८० दिनको औसतबजार मूल्य विधिबाट प्राप्त हुने रकमबाट कूल मूल्यको औसत गणना गरी प्रिमियम मूल्य निर्धारण गर्ने व्यवस्था रहेको छ ।

यसअघि नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले थप सार्वजनिक निष्काशन गर्न आवेदन दिं“दा प्रतिशेयर २ हजार ९ सय ५१ रुपिया“ मूल्य प्रस्ताव गरेकोमा उपर्युक्त विधि लागू भए भएपछि उक्त कम्पनीले सो विधिअनुसार प्रतिशेयर १ हजार ४ सय २५ रुपिया“मा थप सार्वजनिक निष्काशन गरेको थियो ।

त्यसैगरी नेपाल एसबीआई बैंकले प्रतिशेयर ९ सय ७१ रुपिया“, स्टान्डर्ड चार्टर्ड बैंक नेपालले प्रतिशेयर १ हजार २ सय ९० रुपिया“ प्रिमियम मूल्य निर्धारण गरी थप सार्वजनिक निष्काशन गरेका थिए ।