निगमले साविककै मूल्यमा इन्धन बेच्ने

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
नेपाल आयल निगमस“ग नया“ मूल्यसूची आएको भए पनि साविकै मूल्य सूचीमा पेट्रोलियम पदार्थ बिक्री गर्ने भएको छ ।

निगमद्वारा जारी प्रेस विज्ञप्तिअनुसार अन्तर्राष्ट्रिय बजार मूल्य बढी सकेको स्थितिमा भारतीय आयल कर्पाेरेसनबाट १ जुलाई २०१८ देखि लागू हुने गरी नया“ मूल्यसूची प्राप्त भएको छ । पेट्रोलियम पदार्थको नया“ मूल्य र निगमले २०७१ असोजदेखि प्रचलनमा ल्याएको स्वतःनिर्धारण मूल्य संरचना बमोजिम मूल्यको विस्तृत विश्लेषण गर्दा हाल बिक्री मूल्य थपघट गर्नुपर्ने हिसाबले नआएकाले १५ दिनपछि अर्को नया“ मूल्य प्राप्त नहुन्जेलसम्म साविककै मूल्यमा बिक्री गर्ने जनाएको छ ।

हाल निगमले पेट्रोल, मट्टितेल र हवाई इन्धनको पाक्षिक घाटा ३ करोड ६२ लाख रुपियँ“ रहेको जनाएको छ । अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार नेपालले पेट्रोलियम पदार्थ बिक्री गर्न नसक्दा घाटा भएको बताएको छ ।

 

साविकै बिक्री मूल्य र नया“ खरिद मूल्य बमोजिम पेट्रोलमा प्रतिलिटर १ रुपिया“ ६७ पैसा नाफा छ भने डिजेलमा प्रतिलिटर रु ०.६७ र एलपी ग्यां“समा प्रतिसिलिन्डर २३३ रुपिया“ ९० पैसा घाटा रहेको निगमको भनाइ छ ।

पेट्रोल, मट्टितेल र हवाइ इन्धनको नाफा मिलान गर्दा पनि पाक्षिक करोडौ घाटा हुने गरेको निगमका प्रवत्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो ।

भारतको रक्सौल सिमा क्षेत्रमा भन्दा पेट्रोल प्रतिलिटर २१ रुपिया“ ६१ पैसा र डिजेल प्रतिलिटर २४ रुपिया“ १९ पैसाले अझै नेपालतर्फ सस्तो रहेको हुँदा चुनौती रहेको बताइएको छ ।