अति विपन्न तथा दलित महिलालाई पाठी वितरण



नेपाल समाचारपत्र, लमजुङ
लमजुङमा अति विपन्न तथा दलित १७ जना महिलालाई पाठी वितरण गरिएको छ । बेसीशहर नगरपालिका– २ टारगाउँका १७ जना अति विपन्न तथा दलित महिलाहरूलाई पाठी वितरण गरिएको हो ।

जिल्लामा आएको गरीबसँग विशेश्वर कार्यक्रम मार्फत विपन्न परिवारमा आयआर्जन वृद्धि गरी जीवनस्तर उठाउन ती बाख्रा वितरण गरिएको गरीबसँग विशेश्वर कार्यक्रमका जिल्ला संयोजक विजय पौडेलले जानकारी दिनु भयो । उहाँका अनुसार सोही वडाको तालफाँट भकुण्डेमा आयोजित कार्यक्रममा बाख्राका साथमा उन्नत जातको व्याड बोकासमेत वितरण गरिएको हो ।

नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले टारगाउँ हराभरा समुहलाई उन्तत जातको बाख्राको व्याड बोका हस्तान्तरण गर्दै पाठी वितरण अभियानको थालनी गर्नु भउो । सो अवसरमा अर्यालले व्यावसायिक तरिकाले बाख्रापालन गरी अघि बढेको खण्डमा यी किसानलाई नगरपालिकाले निःशुल्क खोर बनाइने दिने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

उहाँले भन्नुभयो, ‘अब नचाहिँदा कुरा गरेर समय बिताउनुभन्दा आत्मनिर्भर हुने काममा लाग्न सहभागी महिलाहरूलाई सुझाव दिनु भयो, उहाँले सीप, दक्षता अभिवृद्धि गर्ने काममा सहयोग नगरपालिका गर्न सधँै नगरपालिका तयार रहेको बताउनु भयो ।

यसैगरी, गरीबसँग विशेश्वर कार्यक्रमका जिल्ला संयोजक विजय पौडेलले वितरण गरिएका पाठीबाट अति विपन्न तथा दलित परिवारलाई आयआर्जन वृद्धि गरी जीवनस्तर उकास्न सहयोग पुग्ने कार्यक्रममार्फत अपेक्षा गरिएको बताउनु भयो ।

सो वडाकाअध्यक्ष गणेशबहादुर कँडेलले गरीबसँग विशेश्वर कार्यक्रममार्फत अति विपन्न तथा गरीब, दलित परिवारलाई २ लाख ६० हजार रुपैयाँबाट एक वटा उन्नत जातको ब्याड बोका र १७ घरपरिवारलाई २÷२ वटाका दरले पाठी वितरण गरिएको जानकारी दिनु भयो । सो कार्यक्रम बेसीशहर नगरपालिका– २ का वडा अध्यक्ष गणेशबहादुर कँडेलको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्